बराहक्षेत्र / उदयपुरको बेलका नगरपालिका केही युवाहरुले मनोरञ्जनको लागि बनाएको ‘रामपुर परेली’ फेसबुक ग्रपले विपन्न परिबारको घर घरमा खाद्यन उपलब्ध गराउने अभियान सुरु गरेको छ । ग्रुपले कोभिट (१९ न्युनिकरण गर्न लगाईएको लकडाउनका कारण रोजगार गुमाएका मजदुर र गरिव न्यून आए भएको परिवारलाई खाद्य सहयोग गरिरहेको छ ।
सामाजिक सञ्जलमा ग्रुप बनाएर विभिन्न देशमा बस्ने युवाहरुबाट आर्थिक संकलन गरेर सहयोग गरिहेका रामपुर परेली समुहका अध्यक्ष उमेश बस्नेतले जानकारी दिएका छन् । सुरुवाती चरणमा कोरोना महामरीको समयमा स्वास्थ्य सामग्रिहरु वितरण गरेको रामपुर परेलीले गएको बैसाख २८ गते बेलका नगरपालिकाको विभिन्न चौक बजार रामपुर चोक, नगपालिका परिसर , सुपाडे, लालबजार, आम्बासी, कोठु, कोशि पुल गरेर १० ठाउँमा टंङ्कि राखेर साबुन पानिले हात धुने व्यवस्था मिलाएको थियो ।
हाल भने परेली समूहले बेलकामा रहेका निमुखा सर्वसाधरणको घरमा चामलको बोरा बोकेर पुगी रहेका छन् । नगरको दुर्गम ठाउमा समेत उनीहरु पैदल बाटो हिडेर घर घरमा खाद्यान पुराई रहेका छन् । उनीहरुले घरको परीवार हेरेर खाद्यान्न दिने गरेको समुहका सचिव सबिन खड्का
बताउछन् । उनिहरुले चामल, दाल, नुन, तेल घरघरमा पुराउदैँँ आएका छन् ।