माोरङ्ग/ माोरङ्गको कानेपोखरीका मृगौला पिडित रमेश कुमार थारुले उपचारका निम्ति आर्थिक सहयोगको अपिल गरेका छन।
कानेपोखरी ५ भौसाबारीका २९ बर्षिय थारुले थप उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएका कारण उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन ।
गत बैशाख २० गते आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाच गर्न अस्पताल पुग्दा उनको मृगौलामा समस्या रहेको थारुले सुनाए ।
२९ बर्षिय थारु दैनिक ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउदै आएका थिए । थारुको ८ जनाको परिवारले उनकै ज्याला मजदुरीबाट गुजरा चल्दैआएको उनले बताए । आफु बिरामी परे पछि परिवारका अन्य सदस्यहरुको बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको थारुले बताए ।
थारुलाइ आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरुका लागि एनआइसि एसियाको खाता नं. डी ३०२०१५६९६१५२४०१ मा आर्थिक सहयोग गरि दिन अनुरोध गरिएको छ ।
थारुलाइ प्रत्यक्ष रुपमा सहयोग गर्न चाहने महानुभाबहरुका लागि उनको मोवाइल नं ९८११०७१२८७, ९८६४२९०७५३पनि सार्वजानिक गरिएको छ ।