बोयर बाख्रा बेलवारीका किसानलाई वितरण

  • जेठ १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अष्टे«लिया बाट ल्याएको बोयर जातका वाख्राहरु स्थानीय किसानलाई बितरण गरेको छ । कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठा पाठि बितरण गरेको हो । ५२ वटा पाठा र ३८ वटा पाठि बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।

एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लिया बाट चार्टर गरी बोका ल्याएर बितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठि बिरतण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष्य लिएको उनले बताए ।

अनुदानमा पाएका बाख्राहरु बिक्रि गर्न नपाउने सर्त राखेर बितरण गरीएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए । तिनै बाख्राका पाठापाठिबाट उत्पादन बढाउने लक्ष्य लिएको उनले बताए । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो ।

बोयर जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै खाले घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिको मोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले छिटो समयमा फाइदा दिने पशुप्राविधिकहरु बताउँछन ।

पाठा पाठी पाएपछि कृषकहरु पनि खुशि भएका छन । अष्ट्रेलियालाई बोयरको प्रजन्न केन्द्रका रुपमा मान्ने गरीन्छ । बेलबारीमा ब्याबसायिक बाख्रा पालन गर्दै आएका किसान राजन गोर्खालीले आय आर्जनमा ठुलो राहत मिल्ने बताए ।

माछा, दुध तथा अण्डामा आत्मनिर्भर भइसकेको नगरपालिकाले मासुमा समेत आत्मनिर्भर बनाउने जनाएको छ । निषेधाज्ञाको सयमा भिडभाड बढ्ने भएपछि नगरपालिकाले समुह तथा फर्ममा नै पाठा पाठी पुर्याईदिएको छ ।

 

 

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved