कोरोना संक्रमितको उपचारका लागि बुधबारे जेसीजको आर्थिक सहयोग

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

झापा । बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार रुपैँया सहयोग गरेको हो ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरिएको रकम हस्तान्तरण कार्यक्रमका संयोजक समेत रहेका बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष भुजेलले कोरोना संकटका बेला बुधबारे जेसीजले खेलेको भूमिका र गरेको सहयोगको प्रशंसा गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष सेमन्त पोखरेल, रमेश बराल, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, उपाध्यक्ष अनिल घिमिरे लगायतको उपस्थिति रहेको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताए ।

बुधबारे जेसीजले आइतबार कोरोना परीक्षणका लागि एन्टिजेन्ट टेष्ट किट गाउँपालिकालाई प्रदान गरेको थियो भने कोरोना नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved