शव व्यवस्थापनमा नेपाल स्काउट पनि खटिने

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको महामारीले मृत्युदर बढ्दै शवहरुको ब्यबस्थापन गर्न नेपाल स्काउटको टोलि पनि खटिने भएका छन् ।
नेपालि सेनाको टोलिले हाल सम्म शव ब्यबस्थापन गर्दै आए पनि हरेक स्थानमा पहँुच र ब्यबस्थापन सम्भब नभएकाले स्काउटालाई पनि परिचालन गर्ने तयारी भएको हो ।

नेपाल स्काउट प्रदेश तदर्थ समितीले नेपाली सेनाको सहकार्यमा शव ब्यबस्थापनको तालिम शुरुवात गरेको छ । झापामा आइतबार देखि बुधबार सम्म प्रदेश समितीको आयोजना र नेपाली सेनाको प्राबिधिक सहकार्यमा तालिम संचालन हुनेछ । झापा जिल्लाका भद्रपुरमा भइरहेको तालिममा जिल्लामा १७ जना स्काउटरहरु सहभागि भएका छन् ।

कार्यक्रममा नेपाली सेनाका तर्फबाट पहिलो चरणमा श्री नयाँ श्रीनाथ गणका गणपति अमरजंग थापाले सिसिएमसी, डिसिएमसी, स्थानीय सरकार तथा विभिन्न संघ संस्थाको भूमिका बारे प्रष्ट पारेका थिए । त्यस्तै नेपाली सेनाको तर्फबाट प्रशिक्षक लेफ्टिनेन डाक्टर समीर पुडासैनीले कोरोनाको बारेमा प्रष्ट पार्दै शव ब्यबस्थापनमा ध्यान पुराउनु पर्ने प्राथमिक तथा गहन बिषयहरुमा जानकारी गराए ।

तालिमको उदघाटनमा नेपाली सेना २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी बिजय थापाको बिशिष्ठ आतिथ्यता रहेको थियो । त्यसै गरी श्री नयाँ श्रीनाथगण का गणपति प्रमुख सेनानी अमरजंग थापाको आतिथ्यता रहेको थियो । कार्यक्रमका सभाध्यक्ष नेपाल स्काउट प्रदेश तदर्थ समितीका प्रदेश सदस्य श्री राम प्रसाद पौडेलले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य सदस्य श्री केसि श्रेष्ठले राखेका थिए । कार्यक्रमको संचालन प्रदेश सदस्य श्री अरुण बस्नेतले गरेका थिए ।

कार्यक्रमको उदेश्य लाई प्रष्ट पार्दै कार्यक्रमका सभाध्यक्ष राम प्रसाद पौडेलले सम्पुर्ण प्रशिक्षणमा उपस्थित प्रशिक्षार्थीलाई कार्यक्रमको समापन पश्चात जनसेवा तथा राष्ट्र बिपत्तिको यो समयमा राष्ट्रिय स्वयंसेवक को भूमिका खेल्दै शव ब्यबस्थापन गर्न पछि नहट्न आग्रह गरे ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved