दुहवीमा आइतबारदेखि आइसोलेसन सञ्चालन

  • जेठ ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको दुहबीमा ४५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर र १५ बेडको अस्पताल आइतबारदेखि सुचारू हुने भएको छ ।

दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शुक्रबार पत्रकार सम्मेलनको अयोजना गर्दै नगर अस्पतालमा १५ वटा सुविधा सम्पन्न बेड ब्यवस्था गरिएको बताएका छन् ।

अस्पतालमा इमेर्जेन्सी, प्रयोगशाला, इसिजी, एक्सरे इन्डोर कक्ष सहित १५ वटा कोठा निर्माण गरिएको बताएइको छ । अस्पताल र आइसोलेसन केन्द्र दुहबी ८ स्थित रमपम उद्योगको पुर्बपट्टि रहेको छ ।

अस्पतालमा २४ घन्टे इमेर्जेन्सी सेवा, स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु र औषधि समेत उप्लब्ध गराउने जनाइएको छ । ल्याब सेवा भिडियो एक्सरे सेवा र परिवार नियोजन तथा गर्भवती जाँच सेवा रहनेछ ।

अस्पतालमा एक जना विशेषज्ञ सहित तीन जना डाक्टर ११ जना स्वास्थ्यकर्मी, दुई कार्यालय सहयोगी र दुई जना सफाइकर्मी रहने जनाइएको छ ।

आइसोलेसन सेन्टरमा ४५ वटा बेडको ब्यवस्था गरिनुका साथै अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर सेवा सहित डाक्टरहरुबाट नियमित फ्लोअप, सिसिटिभीबाट निगरानी सहित सुरक्षाको प्रबन्ध समेत मिलाइएको जनाइएको छ ।

दुहबीका बिपन्न तथा सुकुम्बासी नागरिकलाई आउँदो साउनदेखि स्वास्थ्य बीमा कार्यक्रममा जोड्न ६० लाख बजेट छुट्ट्याएकोे बताउदै मेयर गच्छदारले ५१ प्रकारको स्वास्थ्य सामाग्री शारडा ग्रुपको सहयोगमा दुहबी नगरपालिकामा आउने जानकारी दिए ।

दुहबी वडा नम्बर ११ मा २० करोड रुपैयाको लागतमा निर्माण हुन लागेको नगर अस्पताल भवन निर्माण सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रुपमै सन्चालन गरेर भएपनि नगरबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्न आफू लागि परेको नगर प्रमुख गच्छदारले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved