कोरोना संक्रमित पत्रकारलाई युनियनको मोबाइल डाक्टर सेवा

  • जेठ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण भएका पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले घरमै गएर मोबाइल डाक्टर सेवा दिदैँ आएको छ ।


प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार आज धरानमा रहेको कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई मोबाइल डाक्टर सेवा प्रदान गरिएको छ । धरानका तीनजना सञ्चारकर्मीहरुलाई मोबाइल डाक्टर सेवा मार्फत परामर्श दिइएको हो ।

यसअघि इटहरी र इनरुवाका आठजना सञ्चारकर्मीहरुलाई सेवा प्रदान गरिसकिएको उनले बताए । उनले भने, ‘‘हामीले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै गएर डाक्टरसहित औषधी प्रदान गर्दै आएका छौँ, ‘डाक्टर र नर्सले कोरोना संक्रमितहरुलाई उत्प्रेरणामुलक कुरा सेयर गर्ने र औषधी प्रदान गर्दै आउनुभएको छ, प्रेस युनियनको यो अभियानले यसबेला कोरोना जित्नका लागि हौसला मिलेको अनुभव गरेका छौँ ।’


मोबाइल डाक्टर सेवाका लागि डा. अमित कुमार खतिवडा, औषधी विज्ञ धनेश्वर शर्मा, स्टाफ नर्स किरण चौधरीले चिकित्सकीय परामर्श गर्दै आएको अधिकारीले बताए । साथै, केयरफस्ट पोलिक्लिनिक कालाबञ्जरले आवश्यक औषधी तथा भिटामिनका सामान उपलब्ध गराउँदै आएको छ । त्यस्तै, इटहरीका सर्जिकल व्यवसायी ओमप्रकाश निरौलाले स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।


बिहीबार धरानका सञ्चारकर्मीहरुलाई चिकित्सकीय टोलीसहित प्रेस युनियनका अध्यक्ष अधिकारी, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, सहसचिव भोला श्रेष्ठ, महासंघका सदस्य विवेक विवश रेग्मी, प्रेस युनियन धरानका संयोजक मात्रिकाप्रसाद नेपाल तथा युनियन धरानका सल्लाहकार लक्ष्मण थापाले सञ्चारकर्मीको घरमै पुगेर आवश्यक परामर्श गरेका थिए ।


धरानका सञ्चारकर्मी कमानसिंह राई, नवीन रम्तेल र नेगेटिभ रिपोर्ट आएर पनि शरीर अस्वस्थ रहेका पारस राईलाई उनीहरु बसेकै स्थानमा गएर चिकित्सकहरुले बिहीबार परामर्श गरेका थिए ।

टोलिमै गएका महासङ अध्यक्ष राइले प्रेस युनियन सुनसरीले गरेको काम अत्यन्तै प्रभाबकारी बनेको बताए । उनले प्रेस युनियनले कोरोना कालमा निकै महत्वपूर्ण काम गरेको भन्दै प्रसम्सा समेत गरेका छन । त्यस्तै, इटहरीका सञ्चारकर्मी प्रकाश तिम्सिनाको घरमै गएर परामर्श दिइएको थियो ।


घरमै चिकित्सकीय टोलीसहित युनियनले स्वास्थ्य अवस्था बुझ्न आउनु सकारात्मक रहेको संक्रमित सञ्चारकर्मीहरुले बताएका थिए । उनीहरुले घरमै आएर स्वास्थ्य अवस्था बुझेर आवश्यक स्वास्थ्य सामाग्री सहित औषधी दिदाँ कोरोना जित्नका लागि हौसला मिलेको बताएका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved