बराहक्षेत्र / कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाले अर्थतन्त्रको सम्पूर्ण हिस्सा नै प्रभावित बनेको छ । सबै क्षेत्रमा देखिएको प्रभावबाट कृषि क्षेत्र पनि अछुतो रहेन । लकडाउनको प्रत्यक्ष असर दूधबाट दैनिक आम्दानीमा निर्भर साना किसानहरूमा पनि परेको छ ।
शहर बजारमा दैनिक ज्यालादारी गर्ने श्रमिकको चिन्ता जतिकै गाउँबाट बजारमा लगेर दूध बेच्ने दूध व्यवसायीहरूमा पनि बेरोजगारीको चिन्ता बढ्दै गएको छ । यति बेला उनीहरु पनि अर्ध–बेरोजगार बनेका छन् । लकडाउनका कारण सम्पुर्ण होटल, व्यवसाय बन्द हुँदा पर्याप्त दूध खपत हुन सकेको छैन् । उत्पादन भएको ५० प्रतिशत दुधको व्यापारमा ह्रास आएको छ ।
ठुला तथा साना डेरीवालाहरू लकडाउनमा केहि जेनतेन चलिरहेका छन् । तर साइकल, मोटरसाइकलमा टेमीमा बजार पुर्याऐर दूधको व्यावसाय गर्नेहरूलाई समस्या भएको छ । एकातिर प्रशासनको कडाइ अर्को तिर होटल व्यवसाय बन्द हुँदा दूध खपत न्युन हुन थाले पछि उनीहरूको व्यवसाय अहिले ५० प्रतिशत मात्रै हुन थालेको छ । जसले गर्दा एउटा दुइटा गाई, भैसीं पालन गरेर २÷४ लिटर दूधको आम्दानी गर्ने वा फर्म खोलेर कृषिमा निर्भर किसानहरू थप मारमा परेका छन् ।
धरान, इटहरीमा दैनिक साइकल, मोटरसाइकल, टेमीमा दूध बिक्रि गर्न जाने बराहक्षेत्र नगरपालिकाको कालाबन्जार, रामझोडा, सिमरवन, विशाल चोक, धनपुरी, पिडारीका करिब २ सय दुग्ध व्यवसायी प्रभावित भएका छन् भने करिब ५ सय परिवार पीडित बनेका छन् ।
गाउँका साना साना किसानबाट मोटरसाइकल र साइकलमा संकलन गरेर उपभोक्ताको घर घर पु¥याउने दुग्ध व्यवसायीलाई लकडाउनमा स्थानीय प्रशासनले कडाइ र होटल व्यवसाय बन्द भए पछि दुग्ध खपतमा ह्रास आएको भरौलका साना दुग्ध व्यवसायी हर्क राई बताउछन् । उनले भने, ‘धरानमा होटल, पसल, व्यवसाय बन्द छ, घर भित्रै बसेकाले दूध खपत पनि खासै हुँदैन, दूध विक्री गर्न समस्या परेकाले हामी आफै मार्कामा परेका छौ, यसै कारण किसान र साना व्यवसायीलाई सरकार राहतले राहत दिनुपर्ने अवस्था आएको छ ।’ दूध धरान पु¥याउने काम पनि संक्रमणको डरले असुरक्षित छ । दुध खपत कम हुँदा किसानबाट उत्पादन भएका सबै दुध संकलन गर्ने सकेका छैन । खुल्ला समयमा करिब १ सय २० लिटर दैनिक बिक्रि गर्ने उनी अहिले मुस्किलले ४० देखि ४५ लिटर मात्र बिक्रि गर्ने गर्दछन् ।
एक दुई वटा गाई, भैँसी पाल्ने किसानहरूवाट उत्पादन भएका दूध संकलन गरी धरान र इटहरीका उपभोक्ता लाई घर घर सम्म पु¥याउने काम अहिले कटौती भएको छ । उनीहरू लाई गाउँ बाट सहरी क्षेत्र जान रोक लगाइएको छ । धरान, इटहरीमा सक्रमण तिब्र रुपमा फैलिएको छ । सहरी क्षेत्रमा मानिसको भिडभाड ज्यादा हुने भएकाले व्यवसायीहरूलाई प्रशासनले धरानमा आउँजाउँमा पनि कढाई गरेको छ । दुध व्यवसायीले बिहान ८ बजे सम्म मात्र बिक्रि गर्न प्रशासनले समय निर्धारण गरेको हर्क राई बताउँछन् ।
कोरोना भाइरसको रोकथामका लागि भएको लकडाउनले भने पशुपालन व्यवसायनै धरापमा परेको अर्का दुध व्यवसायी दिपक पाण्डे बताउँछन् । उनि भन्छन्, ‘कोरोना महामारीको त्रासमा रहेका किसानहरूले उत्पादन गर्दै आएको दूध बिक्री हुन छाडे पछि आर्थिक दबाब बढेको छ, दैनिक सात, आठ लिटर दूध उत्पादन गर्ने घरमा पाँच सय रुपैया कमाइ गरेर घर चलाउने परिबारलाई उत्पादन भएको सवै दुध खपत नहुदा समस्या पर्न थालेको छ ।’ पाण्डेले दैनिक १ सय ४० लिटर दुध इटहरी लगेर बेच्ने गरेका थिए । तर अहिले ५० लिटर मात्र बिक्रि हुने गरेको उनी बताउँछन् । कोरोनाको त्रासले गर्दा होटल बन्द भएका कारण समस्या आएको हो ।
उनी भन्छन, ‘प्रशाशनले पनि बिहान ८ बजे सम्म दुध बिक्रि गरेर घर फर्कुन भनेको छ, घर घरमा गएर दुध बितरण गर्न गार्हो भको छ, पर्याप्त दुध बिक्रि नहुँदा साना किसानलाई उतिकै समस्या छ, भन्ने फर्म चलाउनै गार्हो हुन थालेको छ ।’ गाई भैँसी लाई पोषक दाना खरिद गरेर किसानका परिवारमा दैनिक व्यवहार चलाउन समस्या हुन थालेको पाण्डेको दुखेसो छ ।