प्रदेश १ मा थपिए एक हजार २७ संक्रमित

  • जेठ २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर \ प्रदेश १ मा आइतबार १ हजार २७ जना कोरोना संक्रमित थपिए सँगै कुल ४४ हजार २ सय २५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८ सय ५६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ७ सय २१ रहेको छ ।

सामाजिक विकाश मन्त्रालयका अनुसार आइतबार मोरङमा ४ सय ७२, झापामा २ सय २८, सुनसरीमा १ सय २, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा १ सय २२ महिला र १ सय ५५ पुरुष सहित २ सय ७७, सुन्दरहरैचामा ६०, रंगेलीमा ३९, उर्लाबारीमा २३, पथरीशनिश्चरेमा १८, केराबारीमा र बुढीगंगामा १२–१२, ग्रामथान ,बेलबारी, धनपालथान, कटहरी र जहदामा ४–४, सुनबर्षी, कानेपोखरीमा ३–३, , लेटाङ र रतुवामाईमा २–२ र स्थानीय तह नखुलेका १, झापाको विर्तामोडमा ४९, अर्जुनधारामा २७, भद्रपुरमा २५, झापा गाउँपालिकामा २४, दमकमा २३, कनकाईमा १८, शिवसताक्षीमा १५, मेचीनगरमा १४, हल्दिबारीमा १३, कमल गाउँपालिकामा ७, बुद्धशान्तिमा ६, कचनकवलमा ३, गौरादह र स्थानीय तह नखुलेका २–२, सुनसरीको इटहरीमा ३२, धरानमा १७, देवानगञ्जमा १५, दुहवीमा १३, इनरुवामा ८, बराहक्षेत्रमा ५, गढी र स्थानीय तह नखुलेका ३, रामधुनी, बर्जु र भोक्राहानरसिंहमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

इलामको सुर्योदयमा १९, इलाम नगरपालिकामा १०, रोङमा ७, माईमा ३, माङ्सेबुङमा १, ताप्लेजुङको फुङलिङमा २४, मौवाखोला र याङवरकमा १–१,संखुवासभाको खाँदबारीमा २२, मकालुमा १, खोटाङको साकेलेमा ११, खोटेहाङमा २ र दिप्रुङ चुईचुम्मा १, ओखलढुङ्गाको मानेभन्ज्याङमा ९, सिद्धिचरणमा १, ते¥हथुमको म्याङलुङमा ६, आठराई र लालीगुराँसमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, ताप्ली , लिम्चुङवुङ र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, छथर र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आइतबार २ हजार २ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४ सय ३० महिला र ५ सय ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved