विराटनगरका अस्पतालमा थप १२ संक्रमितको मृत्यु

  • जेठ २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

विराटनगर । मोरङमा पछिल्लो थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतामला उपचाररत चार महिला र आठ जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा चार जना ३५ वर्ष र त्यसभन्दा कम उमेरका छन ।

नोबेल शिक्षक अस्पतामला मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया महिला, विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुष, उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष, विराटनगर–४ का ५२ वर्षीय पुरुष, मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया महिला र सिरहाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सिरहाकै अर्का पुरुषको पनि नोबेलमा मृत्यु भएको छ । ६२ वर्षीय उनलाई वैशाख २५ गते अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगरकै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुष, विराटनगर–१ की ३४ वर्षीया महिला र विराटनगर–१४ का ६८ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुष र सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved