लायन्स घोपा फुड बैंकद्वारा विपन्न परिवारहरुलाई खाद्यान्न वितरण

  • जेठ १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / कोरोना भाइरस महामारीले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरहरुको घरपरिवारमा छाक टार्न समस्या परिरहेका बेला लायन्स क्लब अफ धरान घोपा युनाइटेडको पहलमा अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

सुनसरीको धरानमा पहिलो चरणमा बिहिवारसम्म सामाजिक दुरीको ख्याल गर्दै सरकारी तथा अन्य सुविधा नपाएका र श्रममा लागेका एक सय ६५ विपन्न परिवारहरुले खाद्यान्न प्राप्त गरेका छन् भने आउने दिनहरुमा पनि विपन्न र आवस्यकता भएकाहरुलाई राहत खाद्यान्न सामाग्री वितरण गरिने बि। पि। कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत इन्टर्न तथा लायन्स क्लब अफ धरान घोपा युनाइटेडका अध्यक्ष लायन डा। शुभम कुमार अग्रवालले बताए ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लायन्स क्लब अफ धरान घोपा युनाइटेडले ुलायन्स युनाइटेड फुड बैंकु मार्फत धरानका विभिन्न ठाउँहरुमा अति विपन्न परिवारहरुलाई व्यवस्थित तरिकाले दुरी कायम गर्दै राहत सामाग्री वितरण गरिरहेको छ । ुमैले प्रत्यक्ष रूपमा आफ्नो टिमसंग ३ पटक गएर धरान ८ नम्बर वडामा रहेका असहाय, दैनिक ज्यालादारी मजदुर, ठेलागाडी तथा नाङला पसले, घरेलु कामदारहरूलाई राहत वितरण गरिसकेको छु, सहयोग राहत पाउन बाँकी अरु वडाका अरुहरुलाई आउने दिनहरुमा वितरण गरिने छ ।ु अध्यक्ष अग्रवालले भने ।

ुचामल, तेल, दाल, आलु, नुन, बिस्कुट, चाउचाउलगायतका खाद्य सामग्री वितरण गरिरहेका छौँ, फारम भरेर कुपन लिएका राहत पाउन बाँकी परिवारहरुलाई आउने शुक्रवारसम्म वितरण गर्नेछौ ु कार्यक्रम संयोजक लायन रक्षा खरेलले भनिन् । यस्तै अरु वडाहरुबाट राहत लिनकालागि ३ सय भन्दा बढी निवेदन परेका छन् ।

निवेदनमाथि छानविन गरि आउने एक हफ्ताभित्र आवश्यकता भएकाहरुका घरघरसम्म राहत पुर्याइदिने योजना रहेको लायन डा= प्रभात कापडीले बताए। उनले भने, ुविपन्न वर्गले राहत सामग्री पाउन् तथा सामग्रीको दुरुपयोग नहोस् भनेर ९केन्द्र सरकारले बनाएको मापदण्डमा टेकेर० यस क्षेत्रका नागरिकलाई राहत वितरण गरिरहेका छौ ।ु विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणको चेन तोड्न जारी निशेधाज्ञाले गर्दा दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्गहरू राहत पाएपछि हर्सित छन् । निस्शुल्क खाद्यान्न पाएपछि सडक नजिकैको टहरामा बस्दै गरेका कमलुले भने, ‘हामी जस्तो दुःखीलाई पनि हेर्ने भगवान् साच्चिकै हुँदा रहेछन् । राम्रो खाद्यान्न पाउँदा धेरै सहयोग मिलेको छ ।’

बि। पि। मा बस्ने डाक्टर, नर्स र विद्यार्थीहरुले विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गर्न लायन्स युनाइटेड फुड बैन्क सन्चालन गरेको थाहा पाए पछि जन्मदिन मनाउने नाममा तडकभडक गर्नु भन्दा विपन्नहरुको जीवनमा थोरै भए पनि सहयोग पुगोस् भनेर आफुहरुले छोरीको जन्मदिन मनाउन राखेको खर्चले खाद्यान्न सहयोग गरेको प्रेमकला राईले बताइन् । बितरणको क्रममा सो क्षेत्रको बिषयमा जानकारी ल्याएर आफुहरुलाई सहयोगको लागि घच्घच्याउने सुनिल खड्का र दिपक राउतलाई बिशेष धन्यवाद दिइएको थियो ।

सो क्षेत्रका परिवारहरुको अवस्थाको बिषय सार्वजनिक भएपछि जीवनयापनमा सहजता प्रदान गर्न एवं दुखमा साथ दिन खाद्यान्न बितरण गरिएको सो कार्यक्रममा उपस्थित लायन सृजना राई, लायन मेलिना राई र लायन जेनिशा श्रेष्ठले बताए ।

प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले सन् २०२० मा स्थापना गरेको र हाल इन्टर्न, नर्स र विद्यार्थीहरु आबद्ध रहेको लायन्स क्लब अफ धरान घोपा युनाइटेडले स्थापना कालदेखि नै समाजप्रति उत्तरदायि हुदै 'आरोग्य: मुभ फर हेल्थू अन्तर्गत दुर्गम ठाउँहरुमा र विपन्नकालागी निस्शुल्क स्वास्थ जाँच शिविरहरु, ूअन्नपूर्णस् ह्यपी बेल्ली, ह्यापी फेसेसू अन्तर्गत टोल विकास संस्थासङ समन्वय गरि गरिबहरुलाई खाद्यान्न बाड्ने, 'बन्धनस् द क्लोथ बैंक'  अन्तर्गत विपन्नलाई जाडो र गर्मीका लुगाहरु वितरण,'दिर्घजिवी : लिव्स लाइफ, गिव्स लाइफू अन्तर्गत 'ब्लड अन कल' कार्यक्रम, 'नवजिवन: होलिस्टिक रेज्युभिनेसन इन द हिलिङ स्पेसू अन्तर्गत विपन्नको सम्पुर्ण उपचार, 'निकेतन: वेयर डृम्स कम होम ' अन्तर्गत विपन्न र अपांगकालागी घर निर्माण, 'निर्मलस् आवर सिटि, क्लिन सिटि ' अन्तर्गत सरसफाइ कार्यक्रम,'प्याड बैंक: फर पिरियड्स विथ नो वरिज' अन्तर्गत ग्रामिण र विपन्न महिलाहरुलाई निस्शुल्क स्यानिटेरी प्याड वितरण,'सन्जिवनी: सेयरिङ मेडिसिन्स, स्प्रेडिङ स्माइल्स" अन्तर्गत विपन्नकालागी मेडिसिन बैन्क, विद्यालयहरुमा 'सुस्वाथ्य: इन्सपाइरिङ बेटर हेल्थ' अन्तर्गत स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु, तथा अन्य विविध शिक्षा र स्वास्थसँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved