प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउदै

  • जेठ १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं  । मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जादा संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको अभावमा धेरै सर्वसाधारणले ज्यान गुमाईहरुको संख्या समेत बढी रहेको तर्फ मध्यनजर गर्दै निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने भएको छ । संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै विरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा एसजी ग्रुपले चिनबाट अक्सिजन व्याग , अक्सिजन माक्स सहित अक्सिजन सिलिण्डर ल्याउन लागेको हो । एसजी ग्रुप नेपालका प्रतिष्ठित व्यवसायी तथा सामाजिक व्यक्तित्व शिवप्रसाद घिमिरेको स्वामित्वको औद्योगिक, व्यावसायिक तथा सामाजिक प्रतिस्ठानहरुको ग्रुप हो । अक्सिजन कोभिडका विरामीहरुको उपचारका लागि अत्यावश्यक रहेको भएपनि सरकारी तथा निजी क्षेत्रले पनि आवश्यक अनुसार व्यवस्थापन गर्न नसकिरहेको समयमा आफुहरुले अक्सिजन व्याग ,अक्सिजन मास्क र अक्सिजन सिलिण्डर ल्याउन थालेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन व्याग , ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर हवाइमार्गबाट सोमबारसम्म काठमाडौं आइपुग्ने वताए । उनले मुलुकमा अक्सिजन अभावले मानिसहरुको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा सरोकारवाला पक्षलाई लागत मुल्यमै उपलव्ध गराउने समेत जानकारी दिए । एसजी ग्रुपले चिनबाट ल्याउने अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२ सय ५० युनिट जेठ ७ गते सम्ममा स्थलमार्गबाट नेपाल आइपुग्ने छ । अक्सिजन अभावका कारण मुलुकमा उत्पन्न भएको भयावह अवस्थामा व्यवसायीहरुले विदेशमा भएको आफनो नेटवर्कका माध्यमबाट अक्सिजन लगातका अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन पहल गर्नु पर्दछ भन्नेमा घिमिरेले जोड दिए । उनले आवश्यकता अनुसार थप सामाग्रीहरु समेत ल्याउने योजना आफुहरुसंग रहेको सुनाए । तल्काल स्वास्थ्य सस्थाहरुमा पुर्याउनु पर्ने संक्रमितहरुलाई अक्सिजन व्याग प्रयोग गर्ने गरिन्छ । विकसित मुलुकहरुमा समेत संक्रमितहरुका लागि आपतकालिन उपचारमा अक्सिजन व्याग प्रयोग गरिने गरेको र प्रभावकारी हुने गरेको जनाइएको छ ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved