विराटनगरमा निःशुल्क टेलिमेडिसिन सेवा

  • वैशाख ३१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले क्यूरा हेल्थसँगको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमै एकान्तवासमा रहेका संक्रमितको लागि निःशुल्क टेलिमेडिसिन सेवा शुरु गरेका छन ।

आम मानिसमा वर्तमान समयमा छाएको डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी संचालनमा ल्याईएको टेलिमेडिसिन सेवामार्फत सामान्य लक्षण भएका संक्रमितहरुलाई अस्पताल जानुपर्ने वाध्यता नपरोस भनि घरमै वसेर विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा शुरु गरिएको उद्योग संगठनले जनाएको छ ।
सामान्य लक्षणका संक्रमितबाट अस्पतालहरुमा हुने भिडलाई कम गर्दै अति संवेदनशिल विरामीहरु मात्र अस्पतालमा सहज स्वास्थ्य सेवा प्राप्त गर्न समेत सहयोग पुग्ने विश्वास लिईएको व्यापार संघले जनाएको छ ।

सेवा प्राप्त गर्न क्यूरा हेल्थ नामको एप्लिकेशन डाउनलोड गरेर त्यसमा देखाइए अनुसार कोभिड १९ इमरजेन्सी खण्डमा गई सूचिकृत भएका चिकित्सहरुका साथ एपोइनमेन्ट लिई उक्त सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved