धरान । सुनसरीको सञ्चारक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको धरानबाट प्रकाशित दिव्यरोशनीले धरान ३ तुर्केमा रहेको सरस्वती बाल आश्रमका बालबालिकाहरुसँग १७ औं बार्षिकोत्सव मनाएको छ ।
विगतमा सञ्चारक्षेत्रमा सक्रिय रहेका सञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको दिव्यरोशनी साप्ताहिकले गत बर्ष धरान उपमहानगरपालिकाले सर्वसाधारणलाई राहतका लागि सञ्चालन गरेको फुड बैंकमा खाद्यान्न प्रदान गरेको थियो भने यस बर्ष सरस्वती बाल आश्रमलाई सहयोग गरेर आफ्नो बार्षिकोत्सव मनाएको छ ।
धरानबाट श्रमजिवी पत्रकार महिलाद्धारा सम्पादित तथा प्रकाशित हुँदै आएको दिव्यरोशनी साप्ताहिकले १७ औं वर्ष प्रवेश गरेको अवसरमा बालआश्रमका बालबालिकाहरुसंँग मनाएको सम्पादक÷प्रकाशक मनिता चाम्लिङले बताइन् । दाताहरुकै भरमा चलेको आश्रमलाई केही सहयोग पुगोस भन्ने उद्देश्यले त्यहाँ रहेका बालबालिकालाई एक छाक खाना खुवाएर बार्षिकात्सव मनाएको चाम्लिङले बताइन् । उनले भनिन्, ‘अहिले विश्वनै कोरोना भाईरसको संक्रमणको महामारीको चपेटामा परेको छ, यस्तो अवस्थामा धुमधामसंग बार्षिकोत्सव मनाउन जोखिम भएकोले सरस्वती बाल आश्रमका बालबालिकालाई एक छाक खाना खुवाएर मनाएका हौ ।’
२९ जना बालबालिका रहेको आश्रमको खाना, आवाससँगै शिक्षादिक्षा समेत आश्रमले नै प्रदान गर्दै आएको छ । नर्सरीदेखि विविएससम्म अध्ययनरत रहेका बालबालिकाहरुलाई धरानका विभिन्न सामाजिक संघसंस्था, समाजसेवी, सहयोगीहरुको भरमा चलेको संस्थाका अध्यक्ष दानबहादुर राईले बताए । विगतमा पनि कोभिडका समयमा स्थानीय सरकार, धरानका विभिन्न संघसस्थाको सहयोगमा सञ्चालनमा रहेको थियो । यस बर्ष पनि विगतकै जस्तो समस्या आउन थालेको अध्यक्ष राईले बताए । उनले भने, ‘विगतकै जस्तो अवस्था आइसकेको छ, बालबालिकाको सहयोगका लागि यस विषय परिस्थितिमा सबैसँग सहयोगको अपेक्षा गरेका छौ ।’
यसैगरी दिव्य रोशनी अनलाईन संस्करणको पहिलो वार्षिकउत्सवको अवसरमा कोरोना महामारीको अवस्थामा अग्रभागमा रही रिपोर्टिङ गर्ने धरानका संचारकर्मीहरुलाई के.एन. ९५ मास्क समेत वितरण गरेको छ । दिव्यरोशनीका प्रबन्ध निर्देशक सागर सिंजालीले कोरोना महामारीका बेला जनतालाई सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुको स्वास्थ्यमा सहजताका लागि भरपर्दो के.एन. ९५ मास्क वितरण गरिएको बताए ।
विगतका बर्षहरुमा बार्षिकोत्सवको अवसर पारेर सम्पादक प्रकाशक चाम्लिङका दिवंगत बुवा ब्रिटिश क्वीन गोर्खा ईञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृितमा २ जना पत्रकारलाई प्रदान गरिंदै आएको जनही पुरस्कार ५ हजार ५ सय ५५ रुपैयाँ सहितको सामाजिक पत्रकारिता सम्मान र सम्पादक चाम्लिङका दिवंगत कान्छा दाजु स्व.बाजुन राईको स्मृतिमा प्रदान गरिंदै आएको युवा सृजनशिल पत्रकारिता सम्मान ५ हजार ५ सय ५५ रुपैयाँको राशीबाट १ जनालाई सम्मान गर्दै आईरहेको थियो । सोही क्रममा अहिले सम्म २२ जना सञ्चारकर्मी र समाजिक कार्यमा योगदान पु¥याउने प्रवुद्ध १२ जना व्यक्तित्वहरुलाई सम्मान गरिसकेको छ ।