प्रेस चौतारीले धरानका सञ्चारकर्मीहरुलाई वितरण गर्यो माक्स र सेनिटाइजर

  • वैशाख ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रेस चौतारी नेपाल धरान नगर कमिटिले सञ्चारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।

कमिटिकले हिजो र आजगरी धरानका ९५ जना विभिन्न सञ्चार गृहमा आवद्ध सञ्चारकर्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो । धरानका प्रत्येक सञ्चार गृह तथा निबासमा नै पुगेर सञ्चारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरिएको नगर सह–संयोजक बसन्त बान्तवाले बताए ।

उनका अनुसार माक्स वितरणमा कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका सल्लाहकार तथा प्रेस चौतारी नेपाल १ नं. प्रदेश सदस्य सन्तोष काफ्ले, प्रेस चौतारी नेपाल १ नं. प्रदेश सदस्य उपेन्द्र चाम्लिङ, नेपाल पत्रकार महासंघ कतार शाखाका कार्यसमिति सदस्य खेमराज सुबेदीलगायतले वितरण गदै आफु सुरक्षित रहेर सुचना संकलन तथा सप्रेषण गर्न सुझाब दिए ।

यस्तै, चौतारीको टोलीले डिउटीमा रहेका सुरक्षाकर्मीहरुलाई समेत माक्स तथा सेनिटाइजर वितरण गरेको थियो । यस्तै, कमिटिले धरानमा रहेका सञ्चारकर्मीहरुलाई कोभिडबाट कुनै समस्या भए तत्काल खबर गर्न अनुरोध समेत गरेको छ । कोभिड लागेर समस्यामा परेका सञ्चारकर्मीहरुलाई उद्धार गरी अस्पतालसम्म पु¥याउने र आवश्यक सहयोग गर्न प्रेस चौतारी नेपाल तयार रहेको धरान नगर इन्चार्ज दामोदर गुरागाइले जानकारी दिए । ‘कोभिड लागेका सञ्चारकर्मीहरुलाई कुनै समस्या भए हामीलाई खबर गर्नुस् आवश्यक सहयोग गर्न हामी तयार छौं’ उनले भने ‘पहिलो कुरा त जोगिएर सुचना सप्रेषणमा लाग्नुस् भन्न चाहान्छु ।’

185727056_463111644947062_2346124341500888660_n 185525541_485429482606227_8431603076983692059_n 185745471_1951379281688879_8441726817943929755_n

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved