संक्रमितको उपचार गर्न प्रदेश १ मा २१ सय बेड थप्ने तयारी

  • वैशाख ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना संक्रमण भयावह रुपमा बढ्न थालेपछि प्रदेश १ सरकारले अस्प्तालहरुमा २ हजार १ सय बेडको थप्ने गृहकार्य शुरु गरेको छ ।

प्रदेशका संचालित ठूला अस्पतालहरुमा कोरोना संक्रमितको उपचारका लागि बेड संख्या थप्ने सरकारले निर्णय गरेको हो । केन्द्र सरकारसंग सहयोग, समन्वय र अनुमतिका लागि प्रदेश स्तरीय कोरोना भाइरस संकट व्यवस्थापन समिति –पिसिसिएमसी) ले प्रस्ताव गर्नेछ ।

धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, नोवल मेडिकल कलेज शिक्षण अस्पताल र वी.एण्ड सी. अस्पतालमा कम्तिमा ५००÷५०० वेड क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टि स्पेसियालिटी अस्पताललाई १०० वेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल संचालनका लागि आवश्यक सहयोग, समन्वय र अनुमतिको लागि सि.सि.एम.सी. समक्ष प्रस्ताव गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

“साथै निजी अस्पतालहरुलाई कोभिड उपचारमा दिइँदै आएको अनुदान रकम सम्बन्धमा अझ स्पष्ट बनाई थप अनुदान रकम उपलव्ध गराई गुणस्तरिय सेवा प्रवाह गर्ने वातावरणका लागिसमेत नेपाल सरकार समक्ष लेखि पठाउने” निर्णय भएको छ ।

सम्पूर्ण होल्डिङ सेन्टर, आइसोलेसन सेन्टरलगायतका कार्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल सरकारको नीति एवं निर्देशनसंग सामञ्जस्यता कायम हुने गरी स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा तत्काल गर्नुपर्ने कार्य र त्यसका लागि स्रोत, साधन, जनशक्ति परिचालनको आवश्यकता र औचित्यसहितको नयाँ कार्ययोजना तर्जुमा गरी तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र सोको अध्यावधिक जानकारी मुख्यमन्त्री समक्ष पेश गर्ने जनाइएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved