इटहरीमा ट्राभल हिस्ट्री नभएका ३९ जनामा कोरोना संक्रमण : जेष्ठ ४ गते सम्म निषेधाज्ञा

  • वैशाख २९, २०७८
  • "तेजबहादुर बन "
alt

इटहरी । इहटरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जोखिमन्यूनिकरणका लागि इटहरी नगरपालिकाले थपनिषेधाज्ञा जारी गरेको छ ।

घरभित्र बसेका सर्वसाधारणमा समेत धमाधम संक्रमण हुनथालेपछि इटहरी जोखिम क्षेत्र भएको भन्दै उपमहानगरपालिकाले जेष्ठ ४ गतेसम्मकालागिनिषेधाज्ञा जारी गरेको हो ।

प्रदेश एकको मुख्यजिल्लाका स्थापित र विकशितशहरहरू संक्रमणकै चपेटामा परिसकेका छन । बिगतको वर्ष देखिएको कोरोना संक्रमण भन्दा यो वर्ष देखिएको नयाँ भेरियन्ट सहितको संक्रमण चौगुणा प्राण घातक रहेको स्वास्थ्य बिज्ञहरूले पुस्टि गरिसकेका छन ।

यसैबिच प्रदेश एकको बिकशितशहरको रूपमा परिचित सुनसरीको इटहरीमापनि दैनिकनयाँ भेरियन्ट सहितको कोरोनाबाट संक्रमितहुनेहरूको संख्या दैनिकदुइ गुणाले बढिरहेको पाइएको छ । इटहरी उपमहानगर अन्तरगत स्वास्थ्यशाखाकाअनुसार शहरमा नयाँ भरियन्ट सहितको कोरोनाबाट संक्रमितहुनेहरूको संख्या दैनिकउकालो लागिरहेको र यही अवस्थाआइरहे उपमहानगरमा मृत्युदर पनि बढने खतरा देखिएको बताइएको छ ।

इटहरीमामंगलबार दिउँसो ४ बजे सम्म नयाँ भेरियन्ट सहितको कोरोनाबाट संक्रमण हुनेहरूको संख्या ५८२ पुगिसकेको स्वास्थ्यशाखाले जनाएको छ । त्यसै गरी संक्रमितमध्ये ७जनाको मृत्यु भइसकेको पनिउपमहानगरस्थित स्वास्थ्यशाखाले जानकारी दिएको छ ।

संक्रमित ५८२ मध्ये सुरक्षा सतर्कताअपनाएर घरभित्रै बसेका ३९ जनामापनि कोरोना संक्रमण पुस्टि भएको पाइएको छ । स्वास्थ्य मापदण्ड अपनाएर घरमै नियमित सरसफाइ र सुरक्षित ढंगबाट बसेका ३९ जनामानयाँ भेरियन्ट सहितको कोरानो संक्रमण पुस्टि भएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए ।
संक्रमितमध्ये एक सञ्चारकर्मी सहित ३९ जनामानयाँ भेरियन्ट सहितको कोरोना पुष्टि भएको हो । ‘मलाइकुनै लक्षण देखिएन र घरबाट पनिबाहिर निस्किएको छैन कसरी संक्रमण भयो, मलाई थाहै छैन,’ सञ्चारकर्मी खगेन्द्र कार्की बताउँछन् ।
उनी जस्तै बाँकी ३८ जनामध्ये धेरैले लक्षण नदेखिएपनि परिवारका सदस्यहरूको कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाब परिक्षण गर्दा रिपोर्ट पेजेटिभ आएको बताएका छन् ।

इटहरीमा जेष्ठ ४ गते सम्म निषेधाज्ञा
यसैबिच गएको १५ दिनभित्र इटहरी उपमहानगरमा नयाँ भेरियन्ट सहितको कोरो संक्रमणबाट ७जनाको मृत्यु भएपछि उपमहानगरले आपतकालिन बैठक बसीआगामी जेष्ठ ४ गते मध्यरातको १२ बजे सम्म लागु हुनेगरी निषेधाज्ञाको अवधिथप गरेको छ । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले बुधबार बिहान १० बजे बाट लागु हुनेगरी जेष्ठ ४ गते सम्मलाइनिषषेधाज्ञाको अवधिथप गरिएको हो ।

उपमहानगरले तोकेको निषेधाज्ञा अवधिभर बिहान १० बजेसम्म फलफुल , तरकारी वयवसाय ,दुध डेरी र औषधिपसलबाहेककाअन्यव्यवसायहरू बन्द रहने जनाइएको छ । उपमहानगरमा बढदो संक्रमणसंगै मृत्युदरको अवस्थालाइमध्यनजर गर्दै थप सतर्कताअपनाउननिषेधाज्ञाको समय अवधिलम्ब्याइएको इटहरी उपमहानगरका प्रेस संयोजकलिलाराज भट्टराइले बताए । भट्टराईका अनुसार हालउपमहानगर क्षेत्रमामात्रै नयाँ भेरियन्ट सहितको कोरोनाबाट संक्रमितहुनेहरूको संख्या ५८२ पुगिसकेको छ ।

 

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved