विराटनगर । कोरोनाको तीव्र संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार नौ जना संक्रमितको मृत्यु भएको छ ।
विराटनगरसहित प्रदेश बाहिरका संक्रमितको समेत उपचारको क्रममा मृत्यु हुन पुगेको हो । तीन जना विराटनगर, दुई जना धनुषा, दुई जना उदयपुर, एक जना झापा र एक जना तनहुँका संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, विराट शिक्षण अस्पतालमा एक र विराटनगर अस्पतालमा एक जनाको मृत्यु भएको हो । विराटमा विराटनगर–६ की ७० वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरीविराट नर्सिङ होममा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुष बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
नोबेल शिक्षण अस्पतालमा विराटनगर–१६ का ५२ वर्षीय पुरुष, धनुषाको जनकपुर–४ का अर्का ५२ वर्षीय पुरुष र उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
कोसी कोभिड १९ अस्पतालमा उदयपुरको त्रियुगा–५ का ५० वर्षीय पुरुष,झापो दमक नगरपालिका–८ की ५६ वर्षीया महिला, विराटनगर–१० का ६८ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिएका छन । तनहुँका ६० वर्षीय वृद्ध पुरुषको पनि कोसीमै मृत्यु भएको बताइएको छ ।
उनलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मङ्गलबार बिहान धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।