चतरा स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा

  • वैशाख २८, २०७८
  • "संगम बिष्ट"
alt

चतरा / वराहक्षेत्र २ चतरा स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा आँखाको उपचार सेवा बिस्तार गरिएको छ । प्रथामिक स्वास्थ्य केन्द्रको आन्तरिक व्यवस्थापनबाट सञ्चालन हुने गरि आँखा सम्बन्धि सेवा आइतवारबाट सुरु गरिएको प्रथामिक स्वास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरिले बताए ।

सेबा फाउण्डेसनको बिशेष सहयोग ,नेपाल नेत्र ज्योति संघ धनकुटा , रामप्रसाद प्रोखरेल आँखा अस्पताल धनकुटा र आँखा अस्पताल इटहरीको प्राबिधिक सहयोग हुनेगरि गत चैत्र ४ गते भएको सम्झौता अनुसार आँखाको उपचार सेबा सञ्चालनमा आएको हो । डक्टर गिरिका अनुसार सार्वजनिक बिदाका दिन समेत बिहान ८ बजे देखि बेलुकाको ४ बजे सम्म नेत्र सहायक लालन रायले सेबाग्राहीलाई उपचार तथा परामर्श दिनेछन् । भने इटहरी आँखा अस्पतालका बिशेषज्ञ डाक्टर अंकित शर्मालाई पनि सामेल गराउने कुरा भईरहेको छ ।

हाल प्रथामिक स्वास्थ्य केन्द्र चतराबाट वाल रोग, सुगर , पेशर , दम , मुटु रोगी लगाएका नियमित औषधी सेवन गर्न दीर्घरोगिहरुले फिजिसियन सेवा, फिजियोथेरापी र थाईराइड सेबा समेत सञ्चालन भइरहेको छ । अस्पताल सरह सेवा प्रबाह गर्दै आएको स्वास्थ्य केन्द्र चतरामा हाल बर्षको ३ सय ६५ दिनै सेवा प्रदान गर्दै आइरहेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved