चतरा / वराहक्षेत्र २ चतरा स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा आँखाको उपचार सेवा बिस्तार गरिएको छ । प्रथामिक स्वास्थ्य केन्द्रको आन्तरिक व्यवस्थापनबाट सञ्चालन हुने गरि आँखा सम्बन्धि सेवा आइतवारबाट सुरु गरिएको प्रथामिक स्वास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरिले बताए ।
सेबा फाउण्डेसनको बिशेष सहयोग ,नेपाल नेत्र ज्योति संघ धनकुटा , रामप्रसाद प्रोखरेल आँखा अस्पताल धनकुटा र आँखा अस्पताल इटहरीको प्राबिधिक सहयोग हुनेगरि गत चैत्र ४ गते भएको सम्झौता अनुसार आँखाको उपचार सेबा सञ्चालनमा आएको हो । डक्टर गिरिका अनुसार सार्वजनिक बिदाका दिन समेत बिहान ८ बजे देखि बेलुकाको ४ बजे सम्म नेत्र सहायक लालन रायले सेबाग्राहीलाई उपचार तथा परामर्श दिनेछन् । भने इटहरी आँखा अस्पतालका बिशेषज्ञ डाक्टर अंकित शर्मालाई पनि सामेल गराउने कुरा भईरहेको छ ।
हाल प्रथामिक स्वास्थ्य केन्द्र चतराबाट वाल रोग, सुगर , पेशर , दम , मुटु रोगी लगाएका नियमित औषधी सेवन गर्न दीर्घरोगिहरुले फिजिसियन सेवा, फिजियोथेरापी र थाईराइड सेबा समेत सञ्चालन भइरहेको छ । अस्पताल सरह सेवा प्रबाह गर्दै आएको स्वास्थ्य केन्द्र चतरामा हाल बर्षको ३ सय ६५ दिनै सेवा प्रदान गर्दै आइरहेको छ ।