काठमाण्डौमा आइसीयु नपाएपछि धरान ल्याइयो कोरोनाको विरामी

  • वैशाख २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । काठमाण्डौमा बेड तथा आइसियु नपाएपछि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोनाको विरामी ल्याएइएको छ । ति विरामीलाई हेलिकप्टरबाट धरान ल्याएर उपचार थालिएको प्रतिष्ठानले जनाएको छ । ६० बर्षिया महिलालाई सोमबार दिउसो हेलिकप्टरबाट धरान ल्याइएको थियो ।

विरामीका आफन्तले काठमाण्डौमा उपचार गर्ने बेड र आइसीयु नापएपछि धरान ल्याइएको बताए । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहका अनुसार अहिले प्रतिष्ठानको कोभिड अस्पतालमा १० वडा आइसीयु बेड,२५ वडा एसवियु,भेन्टिलेटर १० वटा,३ वटा प्रोटेवल भेन्टिलेटर र ननइन्भेसिभ भेन्टिलेटर ८ वडा खाली छन् ।कोभिड अस्पतालमा अहिले अप्रेसन थिएटर पनि सञ्चालनमा आएको छ ।

सोही अप्रेसन थिएटरबाट अहिले अप्रेसनहरु भईरहेको निर्देशक शाहले बताए ।सोमबार विहान पनि प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया भएको छ ।
कल्याणपुर, सिराहाका ४० बर्षीय पुरुषको आज विहान साढे २ बजे आकस्मिक शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ । उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, वान्ता, स्वाश्प्रश्वासको समस्या देखा परेको थियो । उनलाई सिराहाको कर्जनास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । सोही अस्पतालमा उनको पिसिआर पोजेटिभ रिपोर्ट आएपछि थप उपचारका लागि वीपी प्रतिष्ठानमा रिफर भई आएका थिए ।

कोभिड अस्पतालमा थप जाँच गर्दा सानो आन्द्रामा छिद्र देखा परेको र पेटमा संक्रमण फैलिएको पत्ता लागेको थियो । त्यसपछि, जेनेरल सर्जरी विभागका डा. निर्मलप्रसाद शाहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गर्ने निर्णय गरेर सफलतापुर्वक सम्पन्न भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार कोरोनाको दोस्रो लहर शुरु भएयता पुर्णरुपमा बेहोस पारर कोभिड अस्पतालमा रहेको अपरेशन थिएटरमा शल्यक्रिया भएको यो पहिलो हो ।

यो शल्यक्रियामा सर्जरी विभागका डा. विजय श्रेष्ठ, डा. संदिप खनाल, डा. सुनिल जैसवाल, डा. राजन सुवेदी तथा एनेस्थेसियाका डा. विशाल देव, डा. राजेश प्रजापती सहभागी थिए । यस्तै, नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्की पनि शल्यक्रियामा सहभागी थिए । कोभिड अस्पतालमा कोरोनाको पहिलो लहरको बेला पनि पोजेटिभ ५ जना विरामीहरुको शल्यक्रिया भएको थियो ।

सो शल्यक्रिया गाइने विभागका डाक्टरहरुबाट गरिएको थियो ।प्रतिष्ठानका अनुसार डा. मनोज शाहको नेतृत्वमा दुई वटा, डा. दिप्ती दासको नेतृत्वमा दुई वटा तथा डा. दिपा शाहको नेतृत्वमा एउटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो । यस्तै, डा. सुर्य प्रसाद रिमालको नेतृत्वमा दुई जना कोरोना पोजेटिभ महिलाको नर्मल डेलिभरी गरिएको प्रतिष्ठानले जनाएको छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved