इटहरी । गत १९ गते कोरोना पोजेटिभ देखिएका इटहरी २ निवासी ५८ वर्षिय संक्रमित पुरूषको आइतबार ९हिजो० राति १० बजे मृत्यु भएको छ ।
भर्ना गरिएका ५८ वर्षिय पुरूषको उपचारको क्रममा धरान स्थित बिपि प्रतिस्ठान धरानमा मृत्यु भएको इटहरी उपमहानगरस्थित स्वास्थ्य शाखाले जनाएको छ । यो संगै दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट इटहरीमा मृत्यु हुनेहरूको संख्या ६ पुगेको छ ।