विराटनगर । आइतबार बिहान विराटनगरमा उपचाररत थप चार जना संक्रमितको नोबेल शिक्षण अस्पतालमा तीन र विराट शिक्षण अस्पतालमा एक जना उपचाररत संक्रमितको मृत्यु भएको हो ।
नोबेल अस्पतालका अनुसार सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुषको बिहान अढाई बजे, विराटनगर महानगरपालिका–१ का ७६ वर्षीय पुरुषको बिहान साढे ३ बजे र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीया महिलाको बिहान ७ बजेतिर मृत्यु भएको हो ।
अस्पतालबा प्रबन्धक नारायण दाहालका अनुसार उनीहरुलाई जटिल अवस्थामा अस्पाल भर्ना गरिएको थियो ।
यसैगरी विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उमहानगरपालिका –८ की ५४ वर्षीया महिलाको पनि बिहान मृत्यु भएको छ । ती महिलालाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।