कोरोनाको हटस्पट बन्यो विराटनगर : पाँच दिनमा दोब्बर बढे संक्रमित

  • वैशाख ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ पछिल्लो चार दिनसम्म औसत बीस जनामा कोरोना संक्रमण पुष्टि हुँदै आएको विराटनगरमा मंगलबार एकसाथ ४७ जना सक्रमित थपिएका छन् ।
कोरोनाको दोस्रो लहर शुरु भएसंगै १ नम्बर प्रदेशको राजधानी फेरि कोरोना हटस्पट बन्ने संकेत देखिन थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला पाँच दिनमा विराटनगरमा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको तथ्यांकको ग्राफ पनि उकालो लाग्ने क्रममा छ ।

कोरोनाको पहिलो लहरमा समेत सबैभन्दा धेरै संक्रमित प्रदेश राजधानीमै देखिएका थिए । खासगरी प्रदेशका ठूला शहरहरु धरान, इटहरी, बिर्तामोड र उदयपुर जिल्लामा संक्रमितको संख्या थपिदों थियो । जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता यो पटकको संक्रमण पनि सहरी क्षेत्रमा बढी केन्द्रीत देखिन थालेको बताउँछन ।

उनले भने, “नयाँ भेरियन्टको फैलावट अति नै तीव्र गतिमा हुने भएकोले थप सावधान हुन जरुरी छ ।” उनले कोरोनाका कारण जनजीवन र स्वास्थ्य प्रणालीमै चुनौती थपिने भएकोले सरकारले तोकेका मापदण्ड पालना गर्न सके अति जोखिम कम हुने सुनाए ।

विराटनगरमा कोरोना संक्रमण फैलने क्रमले गति लिएसंगै महानगर क्षेत्रभित्रका विद्यालय बन्द गरिएको छ । महानगरको शिक्षा महाशाखाको पहलमा भएको छलफलपछि विद्यालय बन्द गर्ने घोषणा भएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, “महानगरले विगतमा संचालन गरेका क्वारेन्टिन र आईसोलेसन सेन्टरहरुलाई समेत तयारी अवस्थामा राख्नुपर्ने अवस्था आईसकेको छ, हामीले तयारी थालिसकेका छौं ।” विगतमा मेयर पराजुली आफैं सक्रिय भई घरमै आईसोलेसनमा बसेका संक्रमितलाई अक्सिजनका सिलिन्डर पु¥याउने गरेका थिए ।

कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले कोरोनाको संक्रमण फेरि घरदैलोमै आई सकेकोले विशेष सावधान हुनुपर्ने बताए । विगतमा झैं कोशी अस्पतालमा निरन्तर फिभर क्लिनिक संचालन र स्वाब परीक्षणलाई निरन्तरता दिइएको बताउँदै भने, “सरकारी पहलले मात्र संक्रमण नियन्त्रण हुने होइन नगारिकले पनि पुरा गर्नुपर्ने कर्तव्य पालना गर्नुपर्छ ।” डा.दासले छिमेकी भारतमा समेत तीव्र गतिमा कोरोनाको फैलन शुरु भएकोले नेपालको सीमावर्ती क्षेत्र झन् जोखिममा रहेकोले सावधानी अपनाउनु पर्ने सुझाव दिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved