सरकारको निर्णय मान्दैन स्थानीय सरकार : इटहरीमा विद्यालय देखि बजार खुल्ला

  • वैशाख ८, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी / तिब्र रूपमा फैलिदै गएको दोश्रो चरणको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले देशभर भिडभाड नगर्न तथा बजारहरू सँगै बिद्यालयहरू बन्द गर्ने निर्णय गरेपनि स्थानीयतहबाट कार्यान्यवन नभएको पाइएको छ । दोश्रो चरणको कोरोना भाइरस नयाँ प्रजातिको र शक्तिशाली भएकाले संक्रमण छिटो भन्दा छिटो फैलन सक्ने भन्दै सुनसरी जिल्ला प्रसाशन कार्यालयले पनि आवश्यकीय सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रसाशनले स्थानीय स्तरमा रहेका बजारहरू बन्द गर्न, २५ भन्दा बढी मानिसहरू भेला नहुन र भिडभाड हुने स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरे पनि जिल्लाकै ठुला शहरहरूले अवज्ञा गर्दै आएका छन ।सुनसरीको इटहरी, धरान, दुहबी, इनरूवा, झुम्का लगायतका शहरहरूमा अब्यवस्थित भिड कायमै देखिएको छ भने दैनिक जसो सभा सम्मेलन, बिरोध कार्यक्रम र शैक्षिक क्षेत्रहरू पनि निर्वाध रूपमा सञ्चालन हुदै आएका छन् । सुनसरीको इटहरीमा निजि तथा सामुदायिक बिद्यालयहरू निर्वाध रूपमा सञ्चालन भइरहेका छन भने आइतबार र बुधबार लाग्ने बजारमा अब्यवस्थित भिड कायमै देखिएको छ । गत आइतबार लागेको बजारमा स्थानीयहरूको भिडलाइ नियन्त्रण गर्न प्रहरी समेत परिचालित हुनुपरेको थियो ।

बिद्यालय सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा उपमहानगरको शिक्षा शाखामा तत्काल बैठक बसि निस्कर्ष निकालिने मेयर द्वारिकलाल चौधरीले बताए ।
उनले अहिलेको अवस्थालाइ हेर्दा इटहरीमा कोरोनाको जोखिम त्यति नरहेको र पूर्व तयारीमा सिंगो टिमनै लागि परिरहेको बताए ।

त्यस्तै सुनसरीको दुहबीमा दैनिक जसो सभा सम्मेलन र बिरोधसभाहरू हुदै आएका छन् । सदरमुकाम इनरूवामा पनि हाट बजार निर्वाध रूपमा सञ्चालन भएका छन भने स्थानीयहरूको भिडभाड पनि कायमै देखिएको छ । इनरूवा नगरपालिकाका मेयर राजन मेहताले धेरै गरानी बढाइएको र शैक्षिक संस्थाहरू भने बन्द गरिएको बताए ।

यता सुनसरी प्रसाशनले पनि कोरोनाको दोश्रो लहर संगै तिब्र रूपले बढेको संक्रमण दरलाइ नियन्त्रण गर्न सक्दो भुमिका निर्वाह गरिरहेको बताएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेस कुमार ढकालले जिल्लाका बिकशित शहर भन्दा सुनसरीसँग प्रत्यक्ष जोडिएका भारतीय सिमा नाकाहरूमा बढि निगरानी र प्रहरी संख्या बढाइ नियमित चेकजाँच कडा पारिएको बताए । मंगलबार साँझ सम्ममा इटहरीका ११ जना सहित सुनसरीमा २४ जना कोरोना संक्रमण थपिएका छन् ।

धरानमा विहिबार देखि विद्यालय बन्द

कोरोनाको उच्च जोखिममा धरान पनि परे पछि सरकारले वैशाख भर विद्यालय बन्द गर्ने निर्णय बमोजिम धरानका विद्यालयहरु विहिबार देखि पुर्णरुपमा बन्द गरिने भएको छ ।
धरान उपमहानगरपालिकामा मंगलबार बसेको सरोकारवाला पक्षसँगको बैठकले बुधबार विद्यार्थीहरुलाई बार्षिक परीक्षा र स्वास्थ्य सुरक्षा प्रोटोकलबारे जानकारी गराउन एक दिन विद्यालय लाग्न दिने निर्णय गरिएको शिक्षा महाशाख प्रमुख रत्न कटवालले जानकारी दिए ।

उनका अनुसार बैशाख १४ गतेदेखि बार्षिक परीक्षा शुरु हुने र २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरिएको छ । परीक्षा वैकल्पिक विधिबाट गर्ने निर्णय गरिएको एसिसि संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।

स्कुलको अवस्था र परिस्थिति अनुसार डबल सिफ्ट, भौतिक दुरी कायम गर्ने वा भर्चुअल विधिबाट भएपनि परीक्षा गर्ने निर्णय गरिएको उनको भनाई छ ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved