विपक्षी सांसदको नाराबाजीबीच हिउँदे अधिवेशन अन्त्य

  • वैशाख ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाईल तस्वीर

विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको हिउँदे अधिवेशनको अन्तिम बैठकमा विपक्षी दलले उठेर विरोध गरेका छन । आइबार बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदको नाराबाजीबीच सभामुख प्रदिपकुमार भण्डारीले हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका छन ।

सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजे अन्त्य गर्ने निर्णय गरेको छ । बैठकमा विपक्षीको कुरा राख्न सभामुख प्रदिपकुमार भण्डारीले समय दिएपछि प्रमुख विपक्षी कांग्रेसका केदार कार्कीले सरकारको जवाफ आउनु पर्ने माग गरे । तर, सभामुख भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य सम्बन्धी प्राप्त पत्र पढेर सुनाई हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरे ।

यसबीच विपक्षी दललका सांसदले सरकारले जवाफ दिनुपर्ने मागसहित नारावाजी गरेका थिए । विपक्षीले उठाएको मागको सम्बन्धमा मुख्यमन्त्री शेरधन राईले जवाफ भने दिएनन् । सभामुख भण्डारीले सदनमा मुख्यमन्त्रीको उपस्थिति रहेकोले विपक्षीको कुरा सम्बोधन हुने जनाउ दिएका थिए । तर, नारावाजी सभामुखले नरोकेपछि अविधेशन नै अन्त्य भएको घोषणा गरे ।

प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन गत माघ ७ गते शुरु भएको थियो । त्यसयता जम्मा ८ पटक मात्र बैठक बस्यो । सरकारले अधिवेशन भर कुनै पनि विधेयक सदनमा छलफल गराएनन् ।
तत्कालीन नेकपाभित्रको विवाद अनि सरकार ढाल्ने र नयाँ बनाउने प्रयासले प्रदेशसभा समेत प्रभावित बन्न पुग्यो ।

पछिल्लो पटक सरकारले विनियोजन गरेका बजेट, दीर्घकालीन महत्वका योजना भएको प्रगति, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलगायत विषयमा सरकारको जवाफ माग्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरोध गर्दै आएका थिए ।
हिउँदे अधिवेशन मध्यराति १२ बजेबाट अन्त्य हुने प्रदेश नं १ प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति प्रकासित गरी जानकारी दिएको छ ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved