हिले र धनकुटामा होटेल रेस्टुरेन्टहरुको वर्गीकरण

  • वैशाख १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा । धनकुटा र हिलेमा संचालन भएका होटलहरुलाई खाद्य स्वच्छताको आधारमा वर्गिकरण गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटाले चैत्र २९ र ३० गते धनकुटा नगरपालिका र हिलेमा रहेको होटल रेष्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गरेको हो । खाद्य स्वच्छदा निर्देशिका अनुसार ५० वटा मुल्यांकन सूचाङ्कको प्राप्त नम्बरको आधारमा ९० अंक प्राप्त गरेका होटललाई ३ तारा र क सहित अति उत्तम लेखिएको हरियो स्टिकर, ८० देखि ८९ सम्म प्राप्त गरेमा २ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर, ६५ देखि ७९ सम्म आएमा १ तारा र ग सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर, र ५० देखि ६४ सम्म आएमा घ सहित सामान्य लेखिएको पहेँलो स्टिकर गरी चार समुहमा होटल तथा रेष्टुरेन्ट वर्गीकरण गरिएको कार्यालय प्रमुख अनुप हलवाईले बताए ।

कार्यक्रमको आरम्भ जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले २ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर होटल एल.डी.एस. मकालुमा टाँस गरी शुरुवात गरेका थिए । अनुगमन निरीक्षणको क्रममा २ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर होटल एल.डी.एस. मकालु, न्यू अन्जुली होटल एण्ड लज, होराइजन माउन्टेन रिसोर्ट प्रा.लि., न्यू होटल हिले भ्यू र निगाले होटल एण्ड लज सहित ५ वटाले प्राप्त गरेका छन । १ तारा र ग सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर होटल चिप एण्ड बेस्ट, गजुर होटल एण्ड लज र होटल गोल्डेन प्यागोडा सहित ३ वटा होटेल रेष्टुरेन्टले प्राप्त गरे भने घ सहित सामन्य लेखिएको पहेँलो स्टिकर ५ वटा होटलले प्राप्त गरेका छन र ४ वटा होटललाई सुधार गर्न निर्देशन दिइएको छ ।

अनुगमनको क्रममा भेटिएका दुषित, म्याद नाघेका खाद्य तथा पेय पदार्थ नष्ट गरिएको थियो । स्तरिकरण कार्यक्रमबाट उपभोक्ताले स्वस्थ खाद्य पदार्थ उपभोग गर्ने सुनिश्चितता प्राप्त गर्दछन भने होटेल व्यवसायीले समेत खाद्य स्वच्छता रहेको प्रमाण देखाउन सक्छन । यस किसिमको स्तरीकरणबाट खाद्य स्वच्छताको प्रत्याभूति र आन्तरिक पर्यटनमा समेत मद्दत पुग्ने होटल व्यावसायीहरु बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटाले कार्यक्षेत्रका होटेल रेष्टुरेन्टहरुको स्तरीकरण तथा नविकरण, खाद्य उद्योग, बजार अनुगमन समेत गर्दै आएको छ ।

20210411_143257 20210412_130530 20210412_115239

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved