एमाले धरानको विस्तारित बैठक सम्पन्न "‘सनकले पार्टी चल्दैन, विधान अनुसार चल्छ’ : इन्चार्ज निरौला"

  • चैत १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाले कुनै व्यक्तिको सनक र एउटा समुहको निर्णयबाट पार्टी नचल्ने बताउँदै एमाले विधान अनुसार चल्ने पार्टी भएको दाबी गरे ।

शनिबार नेकपा एमाले (नेपाल समुह)को धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा सपथ कार्यक्रममा निरौलाले पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आत्मा केन्द्रित भएका कारण आम कार्यकर्ताले दुख पाएको बताउँदै उनले आधिकारीक पार्टिको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतले एउटा समुहले आफुहरु अधिबेशनबाट निर्वाचित भएर आएको र सर्बोच्च अदालतले गरेको निर्णय अनुसार एकिकरण पुर्वको अवस्थामा एमाले पुगेको बताउदै अहिले एमालेका नाममा एउटा गुटले गर्ने भेलाहरुलाई गतल प्रबृती भएको बताए ।

धरान–१५ स्थित सदनसभा हलमा आयोजित कार्यक्रममा मनोनित नगर सदस्यहरुले सफथ लिएका थिए । बैठकले पार्टीका सबै सदस्यलाई जिम्मेवारी दिने र वडा तथा टोलहरुमा आफ्ना गतिबिधिलाई जारी राख्ने निर्णय गरेको छ । एमाले धरानका अध्यक्ष नारायण प्रसाद सुबेदीको अध्यक्षतामा भएको बैठकमा एमालेका जिल्ला, क्षेत्र तथा नगरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रममा एमाले धरानका सचिवालय सदस्यले स्वागत मन्तब्य राखेका थिए भने एमाले धरानका सचिब राजमणि निरौलाले सञ्चालन गरेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved