चिया कृषकलाई कम्पोष्ट मल र मूल्यमै समस्या

  • चैत १३, २०७७
  • "भगीरथ भण्डारी"
alt फाईल तस्वीर

इलाम / चियाको राजधानी भनेर चिनिने इलाममा अर्गानिक चिया कृषकलाई मल र मूल्यमै समस्या भएको कारण कृषक मार्कामा परेको कृषकको गुनासो छ ।
हरियो चिया पत्ती बेच्ने किसानलाई कारखानाले आफू खुसी मूल्य तोकिदिने गरेको कारण समस्या भएको हो । चियालाई आवश्यक पर्ने अर्गानिक मलको अभाव र हरियो चियापतिको मूल्यमा अन्तर भएको हो । उचित मूल्य नपाएकै कारण पछिल्लो समयमा कृषकले चिया विस्तार नगरेको सरोकारवाला बताउँछन् ।

कारखानाले बजारमा लाने चियाको मूल्य अनुमान गर्न मात्र सक्छन् । कारखानाले बेच्ने वास्तविक बजार मूल्य कृषकले कहिल्यैं थाहा पाउँदैनन् । चिया प्रशोधन कारखाना भने बजार मूल्य भएकै कारण बढिरहेपनि कृषकले भने चिया खेती बढाउन सकेका छैनन । किसानका पिरमार्कामा चिया कारखाना जिम्मेवार बन्नुपर्ने इलामको त्रियुगा चिया सहकारी संस्थाका व्यवस्थापक ताराकुमारी राई बताउँछिन । उनी भन्छिन, ‘चिया किसान र उद्योगको २१ वर्ष भन्दा लामो सम्बन्ध रहेको हुँदा उद्योग र कृषक दुवैलाई मार्का नपर्ने गरी सम्बन्ध नङ र मासुको जस्तै बनाउनु पर्छ ।’

त्यस्तै कृषक चिया कृषक तारादेवी खनाल अर्गानिक चिया उत्पादनमा मल र मूल्यमै समस्या हुने गरेको बताउँछिन । अर्गानिक चिया उत्पादन गर्नुपर्ने भन्ने तर मल उत्पादनमा कारखानाले कुनै चासो नराख्नु र प्रत्येक कारखानाको मूल्य फरक हुनाले पनि समस्या भएको खनालको भनाई छ । उनी भन्छिन ‘हरियो पत्ति संकलन केन्द्र पनि थोरै छन त्यसलाई थप गर्नु पर्ने र गाई पालन तथा कम्पोष्ट मल व्यवस्थापनमा कारखानाको ध्यान जानुका साथै हरियो पत्ति ढुवानिको साधन नहुँदा सम्म सँधै समस्या भईरहन्छ ।’

अर्गानिक खेती र ननअर्गानिक खेतिको मूल्यमा धेरै अन्तर नभएको कारण पनि अर्गानिक खेती गर्ने कृषक मारमा परेको गुनासो छ । अवका दिनमा अर्गानिक खेतीको विकल्प नभएको भन्दै कृषकले गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने र कारखानाले सोहि अनुसारको मूल्य दिनुपर्ने इलाम नगरपालिका एकका वडाध्यक्ष अम्बिका गौतम बताउँछन । यस वर्षको चियाको पहिलो टिपाई शुरु नभए पनि गतवर्षको तुलनामा जिल्लाका कतिपय कारखानाले तीन तहमा गे्रडिङ गरिएको अर्गानीक हरियो पत्तीलाई प्रतिकेजी ५० देखि ८० रुपैयाँ सम्ममा खरिद गर्ने गरे पनि कतिपय कारखानाले भने प्रतिकेजि ९० रुपैयाँसम्म दिने गरेको बताउँछन । हरेक कारखानाले उत्पादन गरेको चियाको बजार एउटै भएता पनि कृषकलाई दिने मूल्यमा फरक आउनाले कृषक आफूले गरेको खेती प्रति सन्तुस्ट बन्न नसकेका हुन ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved