जनतानै मालिक हुन् : देउवा

  • चैत १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt मंगलबार धरानमा आयोेजित कार्यक्रमा बोल्दै शेर बाहादुर देउवा तस्वीर सौजन्य : लक्ष्मण थापा

धरान । देशको सार्वभौमसत्तानै जनता भएकाले ठुलो शक्ति पनि जनतानै रहेको बताउँदै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशको मालिकनै जनता भएकाले सबै किसिमका निर्णय उनीहरुले नै गर्ने बताए ।

धरानमा मंगलबार ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा पहिलो दिनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जुकुसुकै जातीका जनता भए पनि उनीहरुको भोट कांग्रेसले लिन सक्नुपर्नेमा जोड दिए ।

उनले भने, दलित जनता, होस्, आदिवासी, महिला, थारु जनता सबैको साझा पार्टी कांग्रेसनै हो, दलित जनतालाई आरक्षण दिने पहिलो पार्टी पनि कांग्रेसनै हो ।’ जनताको सेवा गर्दै सुखदुःखमा साथ दिएर सबैको भोटका लागि कांग्रेस लाग्नुपर्ने उनले बताए । जनताको भोटबाटै नै समावेशी सरकारको नेतृत्व गर्न आवश्यक रहेको बताए । आदिवासी जनजाती, दलित सबैले नेपाली कांग्रेसलाई विजयी मात्रै गराउने होइन्, पार्टीमा पनि बहुसंख्यक उपस्थिती जनाउनुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा सभापति देउवाले प्रहरी प्रशासनले कांग्रेसका नेता कार्यकर्तालाई दुःख दिनेलाई नछाड्ने बताए । नेपाल प्रहरीले कम्युनिस्ट सरकारको आडमा काँग्रेस कार्यकर्तालाई अनावश्यक दुख दिएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले भने, ‘पुलिसले कम्युनिस्ट नेताको हैन नेपाली जनताले तिरेको करबाट तलब खाएको छ, कम्युनिस्ट पार्टीमा प्रवेश नगर्ने भए कारबाही गर्छु भन्ने ? यस्तो पनि हुन्छ ? काँग्रेसका कार्यकर्तालाई दुःख दिनेलाई हामी छाड्दैनौ, छाड्दैनौ छाड्दैनौँ ।’

दलित संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल दलित संघका सभापति मीन विश्वकर्माले विभेदको उन्मुलन गर्ने पार्टी काँग्रेस मात्र भएको धारणा राखे । शेरबहादुर देउवाको पालामा दलित आयोग बनेर दलितको लागि ठुलो अवसर प्राप्त भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय देखि स्थानीय तह सम्मका नेताहरूको उपस्थिति रहेको थियो । अन्तरक्रियामा प्रदेश नं १ का १४ जिल्लाबाट संघका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved