इलाम । मानसिक अस्वस्थता देखिएकी इलामको माई नगरपालिका १० की पविमाया तिम्सिनाको आर्थिक अवश्था नाजुक भएकै कारण उपचार नपाउँदै झन झन समस्या बढ्दै गएको छ ।
मानसिक अस्वस्थ्यका कारण उनी जंगलमै गएर बस्ने गरेकी छिन् । चिसापानि लुम्बककी पविमाया सुत्नका लागि साँझमा घर आउने गरे पनि बिहान सबेरै देखि घर नजिकैको अम्लिसो भएको जंगलमा बस्ने, उतै खाना पकाउने र खाने गरेकी छिन् । धनमायाँ तिम्सििनाकी कान्छी छोरी पविमायामाले उपचार नपाएको कारण दिन प्रतिदिन समस्या बढ्दो रहेको छ ।बोलाउँदा सानो स्वरले बोल्ने र जे सोध्यो त्यसको एक वाक्यमा उत्तर दिने पविमायालाई उपचार अभावका कारण समस्या बढ्दै गएको हो ।
परिवारले पकाएर दिएको खाना नखाने र एक्लै घर भन्दा केही तल रहेको बारीको भित्तामा खाना पकाएर खाने गरेकी पविमायाँलाई मानसिक रोगले च्यापेको धेरै भएको छैन । उनलाई गाउँमा पहिले देखि चिन्ने र बुझ्नेका अनुसार पहिले धेरै सक्रिय रहेकी महिला एक्कासि मानसिक समस्यामा परेकी हुन् । छिमेकी राम सञ्जेल भन्छन, ‘पहिले गाउँमा नै सक्रिय रहेकी उनको एक्कासी कसरी मानसिक समस्या भएकोमा अचम्म लागेको छ, गाउँमा हुने संघ संस्थामा पनि क्रियाशील रहेकी पविमाया ०५०÷५२ देखि उनको मानसिक स्वास्थ्यमा समस्या आएको हो ।’
उनको स्वास्थ्यमा समस्या भएपछि उपचार गर्न कसैले नलग्दा विस्तारै उनीमा मानसिक समस्या बढ्दै गएको हो । उनले भने, ‘एउटा पोको बोकेर कहिले काहिँ गाउँतिर पनि हिन्न थालिन यतिबेला त घरमै बस्तिनन, अझैपनि उपचार पाउने हो भने धेरै सुधार गर्न सकिन्छ, उनमा स्मरणनै गुम्ने गरिको अझै पनि छैन, सोधेको कुराको छोटो गरी जवाफ फर्काउने गर्छिन ।’
साँझमा सुत्न घर आउने पविमाया दिनभर अम्लिसोबारीमा बस्न थालेपछि पविमायाँको भदै गोपालले घरमा नै ल्याउन धेरै कोशिस गरेको बताउँछन । उनी भन्छन, ‘घरमा ल्याउन धेरै कोसिस गरे तर फूपु आउनै मान्नु भएन ।’ उपचार गर्नको लागि कुनै संघ संस्थाको सहयोग पाएमात्र उपचार गर्न सक्ने उनले बताए ।
आर्थिक अवस्थाकै कारण परिवारका एकजनाको मानसिक समस्याकै कारण गत मंसिर २८ मा एक जनाको मृत्यू भईसकेको छ । परिवारका धर्मानन्द पनि औषधि सेवन गरिरहेका छन । उनलाई पनि समयमै उपचार हुन सकेन भने रोगले झन ग्रस्त बनाउने देखिन्छ । परिवारका ४१ वर्ष पछि भारतको जेलबाट मुक्त भएर आएका दिपक जैसी (दुर्गा प्रसाद तिम्सिना) पनि मानसिक रुपमा अस्वस्थ छन । उनलाई पनि उपचार हुन सकेन भने उनको स्वास्थ्य दिन प्रतिदिन झन कमजोर बन्दै जाने देखिन्छ ।