चालिस वर्ष पछि भारतीय जेलमुक्त इलामका दिपक "घरमा पिडा माथि थप पिडा"

  • चैत ९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । भारतीय जेल जीवन बिताइरहेका दिपक तिम्सिना शनिबार जेलमुक्त भएपछि आईतबार इलाम आईपुगेका छन । कोलकातास्थित ‘दमदम सेन्ट्रलमा रहेका दिपक ४१ वर्ष पछि घर आईपुगेका छन । इलामको फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक ४० वर्ष देखि भारतमा जेल जिवन बिताएर घर फर्किएका हुन् ।

घर आईपुगेका दिपक आमाको अगाडी केही बोल्न सकेनन । ४१ वर्ष पछि छोरो भेट्दा खुसि बनेकी धनमायाँ छोरो नबोले पछि चकित परिन् । ‘के भएको यसलाई बोल्दैन त’ भन्दै आमा रुन थाले पछि भाई प्रकाशले गाडीमा आएकाले विरामी भएको भनेर आमालाई थम्थमाए । तर दिपक गाडिको आएको कारण नभई मानसिक समस्या भएकाले बोल्न र हिड्न सक्ने अवश्थामा छैनन । उनको स्वास्थ्य कमजोर पनि रहेको कारण समस्या आएको प्रकाश बताउँछन । परिवारमा मायाँ मारिसकेको छोरो आउँदा जति हर्सित थिए तर स्वास्थ्य समस्याको कारण बोल्न र हिड्न नसक्ने देखेपछि परिवारजन चिन्तित बनेका छन् ।

घरमा ल्याएपछि उपचारमा समस्या
४० वर्ष पछि घर आएका दिपक तिम्सिनालाई स्वास्थ्यमा झन समस्या हुने देखिएको छ । दिपकको मानसिक समस्या देखिएकाले उपचारमा पनि असहज हुने देखिएको छ । दिपकका भाईका छोरा गोपालले भने, ‘लामो समय पछि ठूलोबुबा देख्न पाउँदा खुसी छु तर भोलिका दिनमा उपचारको अभावका कारण झन समस्या हुँने चिन्ता छ ।’ घरमा दिपकका भाई र दिदिमा पनि मानसिक समस्या छ । उनले भने, ‘बुबा पनि औषधि खाईरहनु पर्छ फूपु त झन घरमै बस्नुहुन्न अनि ठूलोबुबाको पनि स्वास्थ्य समस्या छ भन्ने खबर छ खुसि सँगै दुख बढेको छ, घरको समस्याका कारण आफ्नै पढाई पनि बिग्रीरहेको छ ।’ उपचारका लागि कुनै सँघ संस्थाले सहयोग गरीदिए स्वास्थ्यमा सुधार हुन्थ्योकि भन्ने आशा रहेको गोपालले बताए ।

धनमायाका आठ छोरा छोरी मध्ये ४ चारको मृत्यू, ३ जना मानसिक अस्वस्थ
पाँच छोरा र ३ छोरी जन्माएकी धनमायाँको साथमा दुई छोरी र दुई छोरा छन । दुई छोरा मध्ये पनि एक छोरा जिउँदै रहेछ भन्ने भर्खर थाहा पाइन् । दुई छोरा र दुई छोरीमध्ये दुवै छोरा र एक छोरी मानसिक रोगको सिकार बनेका छन । शुरुमा जन्मिएका दुई छोरा र एक छोरीको बालखैमा मृत्यु भयो । त्यसबेला जीउमा थेग्ला आउने, सुन्निने र छालै उप्किएर २२ दिनको बीचमा तीन जना छोराछोरी गुमाएको पिडा सुनाउँछिन । दुई छोरा र एक छोरीको मृत्यू पछि अरु दुई छोरा र दुई छोरी जन्मिए । हराएका भनिएका दिपक पछि जन्मिएका छोरा केदारनाथकोे गत मंसिर २८ गते मृत्यू भयो । उनी पनि मानसिक रोगी रहेको परिवार स्रोतले जनाएको छ । र आमा सँग रहेका कान्छा छोरा र हराएको दशकौँ पछि भारतको जेलमा भर्खरै भेटिएका छोरा दिपक जोसी (तिम्सिना)को पनि मानसिक समस्या रहेको छ ।

धनमायाका कान्छा छोरा धर्मानन्दलाई पनि मानसिक समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएर बिराट नर्सिङ होममा उपचार गराएका धर्मानन्द अहिले नियमित औषधि खाइरहेको धर्मानन्दका छोरा गोपाल बताउँछन । दुई छोरी मध्ये कान्छी छोरी पविमायाँ पनि मानसिक रोगी छिन । उनी परिवारले पकाएर दिएको खाना नखाने र एक्लै घर देखि केही तल रहेको बारीको भित्तामा खाना पकाएर खाने गर्छिन । छिमेकी राम सञ्जेल भन्छन ‘पहिले गाउँमा नै सक्रिय रहेकी उनको एक्कासी कसरी मानसिक समस्या भएकोमा अचम्म लागेको छ, गाउँमा हुने संघ संस्थामा पनि क्रियाशील रहेकी पविमाया ०५०÷५२ देखि उनको मानसिक स्वास्थ्यमा समस्या आएको हो ।’ धनमायाकी जेठ्ठी छोरी पवित्रा गजुरेलको इलामको देउमाई नगरपालिकाको मंगलबारेमा विवाह भएको छ । गजुरेल सँग विवाह भएकी पवित्राको घरजम राम्ररी चलेको छ ।

साविकको एकतप्पा हालको फाकफोकथुम गाउँपालिकामै रहदै आएकी धनमायाको बालि खायो भनेर गाई फर्काउँन जाँदा गाईले हानेर हात भाँच्यो । त्यसबेला उपचारका लागि अस्पताल नभएपछि हातको घरेलु सामान्य उपचार गरेकी धनमाया हात कुहिएर झरेको बताउँछिन । उनी भन्छिन्, ‘गाईले हानेर हात गुमेको पिडा त छदै छ त्यसमाथि झन बज्रपात थपियो ।’ उनले लाउँला खाउँलाकै उमेरमा श्रीमान गुमाईन र झन पिडामा परिन । दिपक २०३७ साल माघमा इलामको देउमाई नगरपालिकाको मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न गएको घरै नफर्किएको आमा धनमाया बताउँछिन् ।

परिवारमा काम गर्न सक्ने धनमायाको नाति (कान्छो छोरोको छोरो) गोपालमात्रै छन । पढ्दै गरेका गोपाल बुबाको स्वास्थ्य समस्या पछि पढाई विग्रेको बताउँछन । गोपालकी आमाको मृत्यू पछि बुबा धर्मानन्दले अर्को विवाह गरे । विवाह गरेर केहि समय राम्रै गरी घर चले पनि यतिवेला गोपालकी सानीआमा छुट्टै बसेकी छिन । घरमा बुबा विरामी पर्नु आमा छुट्टै बस्नु कान्छी फुपू पनि अस्वस्थ रहनु र घरको जिम्वेवारी सबै आफ्नो काँधमा आएको कारणले गोपालको पढाईमा समस्या रहेको छ ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved