चतराको स्वास्थ्य केन्द्रमा थप सेवा सञ्चालन

  • चैत २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र / वराहक्षेत्र–२ को चतरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले फिजियोथेरापी र थाइराइड परीक्षण सेवासहितको प्रयोगशालासञ्चालनमा ल्याएको छ ।
नयाँ स्वास्थ्य सेवा आइतबार उद्घाटन गरिएको छ । सो अवसरमा स्वास्थ्य उपकरण हस्तान्तरण एवम् सम्मान कार्यक्रम पनि गरिएको थियो ।

केन्द्रले आन्तरिक व्यवस्थापनमा सञ्चालन हुने गरी सेवा विस्तार गरेको हो । केन्द्रको सभा हलमा सम्पन्न कार्यक्रममा चक्रघट्टीको न्यू सङ्गीता मेडिकल हलले फिजिसियन स्वास्थ्य उपकरण र सेवाग्राही प्रतीक्षालयका लागि कुर्सीहरूसमेत हस्तान्तरण गरेको छ । मेडिकल हलका सञ्चालक सुरेन्द्रप्रसाद गुप्ताले ५ लाख रूपैयाँ बराबरका सामग्री प्रदान गरेका थिए ।

वराहक्षेत्र–१ को कार्यालयबाट प्राप्त ११ थान शैय्यालगायतका स्वास्थ्य सामग्री पनि केन्द्रलाई हस्तान्तरण गरिएको थियो । स्वास्थ्य उपकरण खरिदका लागि २ लाख रूपैयाँ बराबरको चेक वडा नं १ का सचिव लक्ष्मण पौडेलले स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

विभिन्न समयमा केन्द्रलाई सहयोग गर्ने संस्थाहरू न्यू सङ्गीता मेडिकल हल चक्रघट्टी, वराहक्षेत्र–१ को कार्यालय, नेपाल नेत्र ज्योति सङ्घ धनकुटा, सेवा फाउन्डेसन र इटहरी आँखा अस्पताललाई सोही अवसरमा सम्मान गरिएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा केन्द्रमा उत्कृष्ट सेवा गरेका सूचना अधिकृत योगेन्द्र कट्टेल र कार्यालय सहयोगी पुजन विकलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

उनीहरूलाई कदरपत्रसहित दोसल्ला ओढाएर कार्यक्रमका विशिष्ट अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेल, व्यस्थापन समितिका अध्यक्ष तथा वडा नं २ का अध्यक्ष भट्टराई, कार्यालय प्रमुख डा अन्जु थापा, व्यस्थापक डा अनिल गिरीलगायतले सम्मान गरेका थिए ।

व्यवस्थापन समितिका सदस्य रमेशकुमार विष्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा व्यवस्थापन समिति सदस्य प्रह्लाद भट्टराई, सीता भण्डारी पौडेल, उपाध्यक्ष सुशिला शेर्पा, वडा नं ८ का वडाध्यक्ष फडिन्द्र भट्टराई, सङ्गीता मेडिकलका सञ्चालक गुप्ता, प्रमुख प्रशासकीय अधिकृत पोखरेललगायतले बोलेका थिए ।
अहिले निःशुल्क ओपीडी सेवा, आकस्मिक सेवा, फार्मेसी, भिडियो एक्सरे, प्रसुती सेवासहित सुरक्षित गर्भपतनलगायतका सेवा प्रदान गरिरहेको केन्द्रमा आँखा उपचार सेवा विस्तारको काम पनि अन्तिम चरणमा पुगेको व्यवस्थापक डा गिरीले बताए ।

IMG_20210314_123938

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved