इटहरीमा दिनहुँ आन्दोलन

  • फागुन १३, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी/ लोकमार्ग सुधारका उपायहरू अविलम्ब लागू गराउन पटक–पटक पहल गर्दा पनि सरोकारवालाहरूले चासो नराखेपछि निर्माणाधीन रानी–इटहरी–धरान ६ लेन सडकअन्तर्गत यहाँ स्थानीय व्यवसायीहरूले दिनहुँ आनदोलन गर्न थालेका छन् ।

निर्माणको पहिलो चरणदेखि नै यो सडकमा विवाद आएको थियो । अहिले इटहरीको धरान लाइनमा निर्माणले निरन्तरता पाएको छ भने विराटनगर लाइनमा निर्माण अवरूद्ध छ । निर्माण कार्य समयमै पूरा नहुँदा धुँवा र धूलोबाट पीडित बनिरहेको भन्दै स्थानीयले दैनिक आन्दोलन गरेका हुन् ।

धुँवा र धूलोको कारण स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै व्यवसायीहरू प्रत्यक्ष मर्कामा परेको भन्दै विराटनगर लाइनमा अहिले दैनिकजसो दुई घण्टासम्म चक्काजाम हुने गरेको छ ।

स्थानीय सरकारले पनि नियमित पानी नहालेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । धूलोका कारण आफूहरू समस्यामा परेको कुरा सरोकारवालाहरूलाई सुनाउँदा पनि चासो नदेखाएपछि बाध्य भएर सडक नै अवरूद्ध बनाउनुपरेको स्थानीय व्यवसायी ध्रुव अधिकारी बताउँछन् । स्थानीय सरकार र सडक परियोजना कार्यालयले बेवास्ता गरेका कारण सडकमा आउनुपरेको उनले बताए ।

समयमै निर्माण कार्य नसके तथा आप्mना मागहरूप्रति गम्भीर नभए अझ कडा आन्दोलन गर्ने चेतावनी व्यवसायीहरूले दिने गरेका छन् । सडक परियोजनाको इटहरी कार्यालयले भने स्थानीयकै अवरोधका कारण विराटनगर लाइनमा एकापट्टि मात्रै सडक निर्माण भइरहेको बताएको छ । सडक क्षेत्रका संरचना तथा भवनहरू भत्काउँदा उचित मुआब्जा दिनुपर्ने उच्च अदालतको फैसलापछि विराटनगर लाइनमा अहिले पनि एकपट्टि मात्रै सडक निर्माण भइरहेको सो परियोजनाले जनाएको छ ।

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved