धरान/ मोटसाइकलको ठक्क्रबाट वराहक्षेत्रका एक पैदल यात्रीको मृत्यु भएको छ ।
वराहक्षेत्र–५ मा मङ्गलबार साँझ ७ बजे प्रदेश १–०२–०४३प८८२७ नम्बरको मोटरसाइकलले दिएको ठक्करबाट वराहक्षेत्र–४ का ३९ वर्षीय महेन्द्र शाहको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट शाह घाइते भएका थिए । उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।