भूमि व्यवस्था मन्त्रालयलाई स्मरणपत्र

  • माघ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाल बसोवास बस्ती संरक्षण समाजले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १२ बुँदे मागपत्रको पुनः ताजकीकरण पत्र बुझाएको छ ।

समाजले माघ २० गते भूमिसम्बन्धी समस्या समाधान आयोगलाई बुझाएको मागपत्रको पुनः ताजकीकरण पत्र आइतबार भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बापोलाई बुझाएको हो ।

‘सुरक्षित बसोवास गर्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेकाले बसोवासका आधारमा भू–स्वामित्व लालपुर्जा दिएर सुकुम्बासी मुक्त राष्ट्र घोषणा गर्ने गरी त्यस्ता वर्ग समुदायको समस्या पूर्ण समाधान हुने काम तत्काल थाल्न अनुरोध गर्दछौँ ।’ समाजले मन्त्रालयमा बुझाएको पत्रमा भनिएको छ ।

समाजले संविधान जारी भएको वर्ष २०७२ लाइ बसोवासको आधार वर्ष मानी २०७२ असोजअघि बसोवास गरेका सबै भूमिहीन अव्यवस्थित सुकुम्बासीहरूलाई बसोवास गरेका आधारमा देशभर एकैसाथ स्रेस्ता कायम गरी स्थायी लालपुर्जा वितरण गरिनुपर्ने माग राखेको छ ।

त्यस्तै, भूमिसम्बन्धी समस्या समाधान आयोगको नाम परिवर्तन गरी लालपुर्जा वितरण आयोग राखिनुपर्ने र उक्त आयोग भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको साझा संगठन नेपाल बसोवासको नेतृत्वमा वा त्यसमा अनिवार्य प्रतिनिधित्व गराइनुपर्ने मागसहित १२ बुँदे माग बुझाइएको छ ।

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved