प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास

  • माघ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर÷ सरकारले मोरङको सुन्दरहरैँचा नगरपालिकामा सरुवा रोग उपचार अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सोमबार अस्पताल शिलान्यास गरेका छन् ।

अस्पताल ५० शैय्याको प्रादेशिक स्तरको हुने मन्त्री ढकालले जनाए । सुन्दरहरैँचा–११ मा अस्पताल निर्माण हुनेछ ।

सरुवा रोगको उपचार गर्न प्रादेशिक अस्पतालको आवश्यकता महसुस भइरहेको सन्दर्भमा सुविधासहितको अस्पताल निर्माणको थालनी गरिएको मन्त्री ढकालले बताए । उनले अस्पतालबाट मोरङसहित प्रदेश १ भरिका नागरिकलाई सहयोग पुग्ने बताए ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री हिक्मत कार्कीले मोरङको पूर्वी क्षेत्रमा एउटा सुविधा सम्पन्न अस्पतालको आवश्यकता विगतदेखि नै हुँदै आएकोमा यो अस्पताल निर्माणले स्थानीयलाई उपचारमा सहज हुने धारणा राखे । ‘अस्पताल निर्माणले सरुवा रोग उपचारमा अन्यत्र धाउनुपर्ने समस्या निराकरण हुनेछ ।’ उनले भने ।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रमको सहआयोजक धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको थियो ।

वीपी प्रतिष्ठानको स्वामित्वमा रहेको १४ बिघा क्षेत्रफलमा सङ्घीय सरकारको ५० करोड रुपैयाँको लगानीमा यो अस्पताल निर्माण हुनेछ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved