स्याङ्जाली साहित्यकार विराटनगरमा पुरस्कृत

  • माघ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका वरिष्ठ कवि एवं गतिकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौलाकी माता टीका निरौलालगायत दोसल्ला ओढाएर नगद १५ हजार रुपैयाँ र सम्मान पत्र समर्पण गरे ।

पुरस्कृत युवा साहित्यकार समीर विगत दुई दशकदेखि साहित्य सिर्जनामा सक्रिय छन । बहुमुखी प्रतिभाका धनी सुदीशको सवारी दुर्घटनामा निधन भएपछि आमा टीका र बुवा गोविन्दले प्रतिष्ठानमार्फत वितरण गर्ने गरी पुरस्कार स्थापना गरेका हुन ।

हरेक वर्ष एकजना सक्रिय युवा साहित्यकारलाई सो पुरस्कार समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए । यसअघि सो पुरस्कारबाट युवा साहित्यकार महेश पौड्याल र सोझो गाउँले पुरस्कृत भएका थिए ।

कार्यक्रममा भूषण ढुंगेल, गोकुल अधिकारी, भरत गुरागाईं बर्बरिक, चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जुश्री गिरी, उमेश लुइँटेल, हरि कट्टेल, लक्ष्मी श्रेष्ठ, ममता मृदुल, प्रयाग न्यौपाने, सविना श्रेष्ठल, रोमा निरौला, लक्ष्मी आचार्य, कविता केशरी, जमुना पौडेल, लक्ष्मी रायमाझीलगायत दुई दर्जनभन्दा बढी स्रष्टाले आ–आफ्ना मुक्तक वाचन गरेका थिए ।

 

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved