झापा / विगत हप्ता दिन देखि लागेको हुस्सुका कारण सबै भन्दा बढी नोक्सान कृषीमा परेको छ ।
चिसो बढेपछि किसानले लगाएको हिउँदे साग सिबी काक्रो आलु टमाटर खेतीलाई बढी नोक्सानी भएको छ । पूर्वी झापामा किसानले लगाएका हिउँदे बालीमा ठुलै असर परेको बताउँछन् कृषक खरेल ।
खरेलका अनुसार लगातार लागेको हुस्सुका कारण एक विघामा लागएको हिउँदे तोरी फुलेको बोलामा अचानक हुस्सु लाग्दा उत्पादन हुन नसकेको हो ।
पालिका १२ कृषक हरिप्रसाद रिमालका अनुसार अचानक मौसममा परिवर्तन आएपछि रिमालले लगाएको १० कठ्ठा आलुवाली अत्याधिक चिसोको कारण सबै आलु ओइलाएर गएको छ । त्यस्तै कृषक हेमन्त मिश्रले लगाएको टमाटर खेति पनि मर्न थालेको कृषक मिश्र बताउछन् । उनले भने,‘औषधि त बनाएर राखेको छु तर घाम नलागेकोले प्रयोग गर्न सकेको छैन् । ’
त्यस्तै मेची नगरपालिका १२ का कृषक रमेश खतिवडाले विगतका वर्षहरुमा हुस्सु लागेपनि एक दिन लाग्ने अर्काे दिन नलाग्ने गथ्र्यो सोही अनुसार दबाइ प्रयोग गर्ने गरेको बताए । खतिवडाले यो पटक खर्भुजा , फर्सी , काउली ,ब्रोकउली आदि सब्जी खेती लगाएका थिए तर बिडम्बना मौसम बिग्रिएको कारण सबै ओइलाएर गएको छ ।
यी कृषकहरु त अदाहरण मात्र हुन गाउमा रहेका सबै कृषकहरुको उत्पादन हुस्सुकार कारण हुन सकेन ।
विगतका वर्षहरुमा कृषिजन्य बस्तु उत्पादन गरेर मनग्गे आम्दानी गर्दथे तर यो वर्ष त फ नै नलागि सबै मर्न थालेको उनिहरु बताउछन् ।
लगातार लागेको हुस्सुले गर्दा धेरै कृषि पेशामा आवद्ध कृषकलाई मार्का परेको बतउछन् । उता झापाको मुटुको रुपमा चिनेन बिर्तामोड नगरपालिका ६ का कृषक सुमन तिम्सिनाले बिगतमा राम्रैसग आम्दानी भएकोले यसपालि जग्गा भाडामा लिएर तरकारी खेती लगाए पनि हुस्सुका कारण साँवा पनि नउठ्ने बताए ।
उनले परिवार कृषी पेशामामै निर्भर रहेको बताउदै उनले मल बिउ खनजोतको लगानी समेत नउठेको बताए । सब्जी उत्पादनकम भएकै कारण बजारमा पनि साग सब्जीको मुल्यमा पनि वृद्धि भएको स्थानिय बिसाल रिमालले बताएका छन् ।