सवारी लाईसेन्सको कोटा प्रणाली हट्ने

  • पुस २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान। सवारी चालक अनुमति पत्र लाइसन्सको परीक्षाको लागि अनलाइन आवेदन भर्न अहिले रहेको कोटा प्रणाली हटाइने भएको छ ।

कोटा प्रणालीका कारण दैनिक जसो हजारैं आवेदकले सास्ती भोग्दै आइरहेको जनगुनासो ब्यापक भएसगै यातयात ब्यबस्था विभागले कोटा प्रणली हटाउन लागेको हो ।

विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको जनाएको छ । एक सञ्चार माध्यम सगँ कुरा गर्दै विभागका मानिर्देशक गोगनबहादुर हामालले यस्तो व्यवस्था लागु गर्न लागिएको बताएका हुन् ।

हाल सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने गरेको त्यसै अनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था भएकाले गर्दा दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिने गरेका छन् ।

विहानै ६ बजे अनलाईनको प्रणाली खुल्ना साथै एकैपटक हजारौं सेवाग्राही यातायात व्यवस्था विभागको साइटमा आउने गर्दा प्रणालीमै समस्या देखिन थालेको छ ।

लाइसेन्सको परीक्षामा सहभागी हुन चाहाने हजारौंले दिन–दिनै फारम भरेपनि अनलाइनबाट ‘सम्बिट’ गर्न सास्ती भोगिरहेका छन् ।

अनलाइन फारममा कोटा राख्दा विचौलियाको चलखेल बढि देखिने गरेकाले सेवाग्राहीलाई सास्ती भएको देखेपछि सबै फारम स्वीकार गर्ने र कार्यालयको क्षमताअनुसार प्रणालीबाट नै दिन तोकेर आवेदकलाई परीक्षाको दिन जानकारी गराउने व्यवस्था मिलाउन लागिएको उनले बताए ।

कोभिडको कारण सरकारले लकडाउन जारी गरे सगँै ९ महिना सम्म बन्द भएको कार्यलय खुले सगैँ लाइसेन्स कार्यालयमा ठूलो चाप देखिन थालेको छ ।

तर, कार्यालयको लाइसेन्स वितरण क्षमता सीमित भएकाले सेवाग्राहीलाई नै सास्ती भोग्दै आएका छन् ।

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

मोरङ कारागारमा लागुऔ ...

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved