धरान- धरान १५ मा रहेको सुम्निमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो अधिवेशन तथा १० औँ साधारण सभा सम्पन्न गरेको छ ।
आज धरानमा रहेको गोर्खा डिपार्टमेन स्टोरको सभाहलमा सहकरीको तेस्रो अधिवेशन तथा १० औँ साधारण सभा सम्पन्न भएको हो । सहकारीले आर्थिक वर्ष २०७६र७७ को लाभाङ्श ६ प्रतिशतले वितरण गर्ने भएको छ । सहकारीले आर्थिक वर्ष २०७६र७७ को लाभाङ्स जेनेरल सेभिङ खाताबाट प्रदान गर्ने सहकारीका अध्यक्ष सोनाहाङ राईले जानकारी दिएका छन् ।
उनले सहकारीका सम्पुर्ण शेयर सदस्यहरुलाई लाभाङ्श प्राप्त गर्नका लागि संस्थामा रहेको जेनेरल सेभिङ खाता खोल्न अनुरोध गरेका छन् । उक्त खाता माघ दोस्रो हप्ताभित्र खोलिसक्नुपर्ने बताउदै उनले उक्त खातामा नै लाभाङ्श प्रदान गरीने जानकारी दिएका छन् ।
१० औँ साधारण सभा कार्यक्रममा उत्कृष्ट बजार प्रतिनिधि, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट बचत तथा ऋण कारोबार कर्ता, उत्कृष्ट कार्यसमिति सदस्यलाई सम्मान समेत गरीएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लि। धरान शाखाका संयोजक तथा जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष एवम् धरान १५ नम्बर वडाका वडाअध्यक्ष नरेशकुमार इवारम प्रमुख अतिथि रहेका थिए । विशेष अतिथिमा जिल्ला सहकारी संघका उपाध्यक्ष दिनेश श्रेष्ठ रहेका थिए ।
सहकारीका अध्यक्ष सोनाहाङ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धरान नगर सहकारी समन्वय समितिका संयोजक मिसन लामा, विभिन्न सहकारीका प्रतिनिधि, संस्थाका शेयर सदस्य तथा कर्चारीहरुको सहभागिता रहेको थियो ।
अध्यक्षमा पुनः सोनाहाङ राई चयन
सहकारीको अध्यक्षमा पुनः सोनाहाङ राई चयन भएका छन् । शनिबार भएको तेस्रो अधिवेशनबाट राई सहकारीको पुनः सञ्चालक समिति अध्यक्ष बनेका हुन् ।
यसैगरी उपाध्यक्षमा सुमन लिम्बु चयन भएका छन् भने सदस्यहरूमा तुलसी लिम्बु, महेन्द्र गोले तामाङ, प्रदिप कुमार राई, डिल्ली कुमार फोम्बो, मंगल सिंह लिम्बु, शन्तोस राई९क०, शन्तोस राई९ख०, सुरज राई र संगीता राई तुम्बापो चयन भएका छन् ।
यसैगरी हर्क लक्ष्मी राई लेखा समिति संयोजकमा चयन भएकी छन् भने सदस्यहरूमा डीक बहादुर आले मगर र उत्तम खत्री चयन भएका छन् ।