ओली पक्षीय अनेरास्ववियुको मोरङ जिल्ला कमिटी गठन

  • पुस २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङले ९९ सदस्यीय आयोजक जिल्ला कमिटी गठन गरेको छ ।

बुधवार विराटनगरमा आयोजित बृहद कार्यकर्ता भेलाको आयोजना गरि आयोजक कमिटी गठन गरेको हो । पार्टी एकतापछि संयोजक र सह–संयोजक तोकिएपनी पुर्णता नपाएको अखिल मोरङलाई पुर्णता दिईएको हो ।

अखिलको बिधानमा ६१ सदस्यीय जिल्ला कमिटी बनाउनुपर्ने प्रावधान भएपनी केही सीमित नेताहरूको कारण अखिललाई निस्प्रभावी बनाउने काम भएको भन्दै गतिदिन आयोजक कमिटी गठन गरिएको अखिल मोरङ संयोजक सन्तोष घिमिरेले बताए ।

उनका अनुसार एकता पूर्व रहेको अखिलको ३३ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गर्दै ९९ सदस्यीय आयोजक कमिटी निर्माण गरिएको हो ।

आयोजक कमिटीका सम्पूर्ण सदस्यलाई नेकपाका केन्द्रीय सदस्य तथा विद्यार्थी विभाग प्रमुख विनोद ढकालले सपथ ग्रहण गराए । भेलालाई सम्बोधन गर्दै उँहाले अखिलले सधै विद्यार्थी आन्दोलन र सामाजीक रुपान्तरणको लागि नेतृत्व गर्दै आएको भन्दै त्यसलाई कायम राख्न निर्देशन दिए । भने,“विद्यार्थी आन्दोलनले नेता जन्माउँछ, विद्यार्थी आन्दोलनको नेतृत्व सधै अनेरास्ववियुले गर्दै आएको छ ।”

अखिलका केन्द्रिय सचिवालय सदस्य गोकर्ण घिमिरेले सवै सदस्यले विद्यार्थीको हकहित सँगै समाजका लागि पनि जिम्मेवार हुनुपर्ने बताए ।

समाजमा फैलाईने अनेक प्रकारका भ्रमलाई तत्काल चिर्दै अघि बढ्न निर्देशन दिदै आगामी निर्वाचनमा नेकपा संस्थापन पक्षलाई विजयी गराई प्रधानमन्त्री केपी ओलीको सम्बद्ध नेपाल सुखी नेपालीको राष्ट्रीय नारा सार्थक बनाउनु पर्ने बताए । कार्यक्रममा अखिल सचिवालय सदस्य अन्जु पाण्डे, नेकपा मोरङका नेता रुपेश खतिवडालगायतले मन्तब्य राखेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved