सुत्केरीको मृत्युपछि बिराट मेडिकल अस्पतालमा आफन्तको प्रदर्शन "क्षतीपुर्ती दिने सहमति पछि रोकियो आन्दोलन"

  • पुस १९, २०७७
  • "तेजबहादुर बन"
alt

सुनसरी । गत शनिबार दिउसो उपचारकालागि भर्ना गरिएकि इटहरी निवासी एक महिलाको उपचारको क्रममा मृत्यु भएपछि मोरङको बुढिगंगास्थित विराट मेडिकल अस्पतालमा आफन्तहरूले प्रदर्शन गरेका छन ।

सुनसरीको इटहरी वार्ड नं २ निवासी ३२ वर्षिया महिला गंगा दहालको उपचारको क्रममा मृत्यु भएपछि आइतबार दिउसो आफन्तहरूले अस्पताल परिषरमा प्रदर्शन गरेका हुन । शुक्रबार राती सम्म सकुशल रहेकि गंगाको शनिबार सुत्केरी बेथाले च्यापेपछि दिउसो उपचारको लागि बिराट मेडिकल कलेज टेक्निकल हस्पिटल भर्ना गरिएको थीयो ।

अस्पतालले उपचारमा गम्भिर लापर्वाहि गरेको कारण गंगाको मृत्यु भएको आफन्तहरूले बताएका छन । आफन्तहरूका अनुसार सिकारू डाक्टरले बच्चा निकाल्दा बिरामिको मृत्यु भएको दाबि गरेका छन ।

शनिबार राती अचानक बिरामिकालागि १० प्रिन्ट रगत माग गरिएको र कतै नपाइने औषधि तत्काल झिकाउन नत्र बिरामिको मृत्यु हुने उपचारमा संलग्न चिकित्सकहरूले बताएपछि अलमल्लमा परेको आफन्त टंक घिमिरेले बताए ।

उपचारको क्रममा शनिबार राति नै बिरामिको मृत्यु भएपनि अस्पताल प्रसाशनले आइतबार बिहान मात्र जानकारी गराएको र क्षतिपुर्ति नदिएसम्म शव नबुझने आफन्तहरूले अडान गरेपछि तत्काल बार्ता बसेको थीयो ।

उपचारमा संलग्न चिकित्सक माथी कडा कार्वाहि र उचित क्षतिपुर्ति माग्दै अस्पताल परिषरमा आफन्तहरूले नारावाजी गरेपछि केहि समय बिराट मेडिकल क्षेत्रमा तनाव उत्पन्न भएको थीयो । आफन्तहरूले प्रदर्शन जारी राखेपछि अस्पताल प्रशासनले तत्काल सहमतिकालागि बार्ता बसेको थीयो ।

मानव अधिकारकर्मि सहित बसेको बैठकले मृत्यु भएकी महिलाको नवजात शिशु र ३ वर्षकी छोरीलाई जीवनभर निशुल्क स्वाथ्य सेवा अस्पतालले दिने, प्रत्येक वर्ष १२ हजारका दरले २० वर्ष सम्म स्वास्थ्य विमा गरिदिने,सुत्केरीको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले बेहोर्ने सहमति भएको बताइएको छ ।

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved