इटहरीका मेयर तटस्थ, वडामा प्रचण्ड- नेपाल पक्ष बलीयो, खुल्नै छाडयो पार्टी कार्यालय

  • पुस १७, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी संसद बिघटन पछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको बिवादको असर सुनसरीको इटहरीमा पनि देखिन थालेको छ ।
बिस वटाकमिटी रहेको इटहरीमा १८ वडा कमिटिका अध्यक्ष र सचिवहरूले संविधान बिपरित सांसद बिघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको बिरोध जनाएका छन । उनिहरूले ओलीलाइ प्रतिगमनकारी भन्दै प्रचण्ड र नेपालको पक्षमा रहेको घोषणा समेत गरेका छन ।
उनीहरूले पार्टी बिभाजनको बिरोध गर्दै पुनः ऐक्यवद्धताको माग पनि गरेका छन । बिहीबार वार्ड कमिटिका अध्यक्ष र सचिवहरूले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै आफुहरू नेकपा बिभाजनको पक्षमा नरहेको र साथ दिनै परेमा पार्टी अध्यक्ष दहाल र नेपालको पक्षमा उभिएको जनाएका छन ।

समर्थन जनाउनेमा वडाकमीटी १ का अध्यक्ष दलबहादुर समाल मगर, सचिव मिन राना मगर, २ का अध्यक्ष भीमादेवी तुम्बाहाम्फे, सचिव लक्ष्मी खनाल, ३ का अध्यक्ष गोपाल तामाङ, सचिव पवित्रा कोइराला, ४ का अध्यक्ष दीपक गौतम, सचिव टिका पराजुली, ५ का अध्यक्ष भिष्म घिमिरे, सचिव राजकुमार राई, ६ का अध्यक्ष दधिराम चुवान, सचिव मोहन प्रसाद ओझा, ७ का अध्यक्ष मौनाही चौधरी, सचिव रमेश भट्टराई, ८ का अध्यक्ष शिवप्रसाद तिम्सिना, सचिव बेदप्रसाद चापागाई १० का अध्यक्ष राजन पराजुली, सचिव आशाराम चौधरी रहेका छन ।

त्यस्तै गरी ११ का अध्यक्ष सत्यनारायण चौधरी, सचिव मिलन अधिकारी, १३ का अध्यक्ष प्रेमकुमार चौधरी, सचिव सरोजकुमार गिरी, १४ का अध्यक्ष भूमि चौधरी, सचिव अजित हुसेन, १६ का अध्यक्ष शान्ती ओझा, सचिव भिमेन्द्रकुमार चौधरी, १८ का अध्यक्ष पिताम्बर थाापा, सचिव संगीत वस्नेत, १९ का अध्यक्ष सोमनाथ निरौला, सचिव यमकला राई रहेका छन् । उनीहरूले पार्टी भित्रै रहेर क्रियाशिल रूपमा काम गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

वार्ड नं. १५ का अध्यक्ष इन्दिरा चौधरी, २० का अध्यक्ष केशर प्रधान, ९ का सचिव कपिल घिमिरे, १२ का सचिव दीपक रसाइली, १७ का सचिव एकराज रेग्मीले समेत प्रचण्ड– नेपाल पक्षमा रहेको जनाएका छन । प्रचण्ड–नेपाल समुहमा समर्थन जनाउनेहरुमा ११ जना साविक माओवादीका हुन् भने ७ जना साविक एमालेका हुन् ।

यता स्थापना कालदेखि नै कट्टर कम्युनिस्ट मानिने इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी भने केन्द्रमा पार्टी बिभाजन परेपनि आफु कतैपट्टी नलाग्ने बताएका छन । ‘जनताको प्रतिनिधि भएको कारण अहिले तत्काल म यो पट्टि भन्न रूचाउदिन तटस्थ बस्छु’ मेयर चौधरीले भने ।

तत्कालिन नेकपा एमालेका सुनसरी अध्यक्ष समेत भइसकेका मेयर चौधरीले भरसक पार्टी समायोजन भइ पुरानै अवस्थामा फर्किएको राम्रो भनेर प्रतिक्रिया दिएका छन । उपमेयर लक्ष्मी गौतमलाइ भने ओलीले केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन ।

पार्टी भित्रको विवाद चुलिदै गए पछि इटहरीस्थित नेकपाको पार्टी कार्यालय खुल्नै छाडेको छ । पार्टीको आन्तरिक बिवाद मिलाउने तथा साप्ताहिक बैठक नियमित बस्ने गरेपनि हाललाइ बिवाद बढेसंगै कार्यालय पनि नखुलेको हो । अरूबेला बिहान पार्टीको अवस्था बुझ्न २, ४ जना कार्यकर्ताहरू आएपनि अहिले पार्टी कार्यालय नै सुनसान बनेको स्थानीयहरू बताउँछन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved