धरान । कोड आइटीले आफ्नो स्थापनाको तीन वर्ष पुरा गरेको छ । बुधबार आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मानाएको हो ।
देशभरी ५ हजार भन्दा बढी विद्यार्थीहरुलाई प्रशिक्षित गरिसकेको संस्थाले विभिन्न संस्थाहरुलाई आफ्ना उत्कृष्ट सेवा प्रदान दिदै आएको छ ।
संस्थाले धरान उपमहानगरपालिका, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार लगायत धरानका प्रतिष्ठीत संस्थाहरुलाई सेवा प्रदान गर्दै प्रदेश नम्बर १ कै उत्कृष्ट आइटी कम्पनीको रुपमा स्थापित भएको कम्पनीका मेनेजिङ डाइरेक्टर सजल श्रेष्ठले बताए ।
उनले काठमाण्डौं भ्यालीमै गएर अध्ययन गर्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश१ का विद्यार्थीहरुलाई लक्षीत गरि कम्पनीका स्थापना गरिएको बताए ।
कम्पनीले विभिन्न कलेजहरुकोे समन्वयमा विद्यार्थीहरुलाई ‘वुट क्याम्प’ र इ कमर्स एपहरुको सेवा उपलब्ध गराउदै आएको छ ।