जेटबोट सञ्चालनमा सरकारी सहयोग नपाएको गुनासो

  • पुस ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । पर्यटन प्रवद्र्धनका साथै कोशी पारीका स्थानीयलाई सेवा प्रवाह गर्ने उद्धेश्यले सप्तकोशीमा निजी क्षेत्रबाट मिनी पानीजहाज जेटबोट सञ्चालनमा ल्याइए पनि सरकारी स्तरबाट कुनै किसिमको सहयोग नभएको व्यवसायीले गुनासो गरेका छन ।

सप्तकोशी नदीमा केही वर्ष देखि जेटबोट सञ्चालनमा आएपनि सञ्चालनका लागि सरकारी स्तरबाट निती निर्माणका साथै व्यवस्थापनका लागि कुनै किसिमको सहयोग नभएको उनीहरुको गुनासो छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको परिकल्पना गरेपनि सरकारी स्तरबाट गर्न नसकिरहेको समयमा निजी लगानी गरेर मिनी पानीजहाज सञ्चालन ल्याएपनि राज्यले व्यवसायीहरुको लगानी सुरक्षण गर्ने काम समेत नगरेको सप्तकोशी टुरिजम वाटर ट्रान्सपोटेसन सञ्चालक क्षितीज पौडेलले वताए । उनले पानीजाहज सञ्चालनका लागि वाधा अडचन हटाउने देखि धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत राज्यले केही नगरि दीएका कारण व्यवसायीहरु हतोत्साहीत भएको गुनासो गरे ।

राज्यले जेटवोट सञ्चालनका लागि निती निर्माण गरि दिने देखि व्यवस्थापनका लागि केही सहयोग नगरेको गुनासो गरे पनि कोशीमा जेटबोट सञ्चालनले पर्यटकीय गतिविधि वढाएको आन्तरिक पर्यटक ज्योति अधिकारी वताउँछन । विराटनगरबाट रमाइलोका लागि साथीहरु सहित आएका अधिकारीले कोशीलाई पर्यटकीय क्षेत्र वनाएर विदेशी पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने उनको भनाई छ ।

सप्तकोशीमा जेटबोट सञ्चालनमा आएपछि यातायातको सहज पहुँच नभएको उदयपुरको पुर्वी भाग धनकुटाको पश्चिमी क्षेत्र र भोजपुरको दक्षिणी क्षेत्रका मानिसहरुलाई तराई आवतजावतमा सहज भएको स्थानीय रञ्जीत श्रेष्ठ वताउँछन । जेटवोट सञ्चालन पछि पाँच÷छ घण्टाको वाटो पन्ध्र विस मिनेटमा यात्रा गर्न सहज भएको स्थानीयहरु सुनाउँछन । जलयात्राले गर्दा सप्तकोशी आसपासका क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रका साथै मनोरम प्राकृतिक दृष्य हेर्न समेत आन्तरिक तथा वाह्य पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

 

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved