प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए

  • पुस ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट ५४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ ।

प्रदेश १ मा आईतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७, झापाको दमकमा २, शिवसताक्षी, मेचीनगर र बुद्धशान्तिमा १–१, सुनसरीको ईटहरी र संखुवासभाको खाँदबारीमा २–२, ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ३३२ पुगेको छ ।

प्रदेश १ मा आज २९९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ४ हजार २५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved