‘ऐतिहासिक चिया बगान मासेको छैन्’:इलाम नगरपालिका

  • पुस २, २०७७
  • "भगीरथ भण्डारी"
alt फाईल तस्वीर

इलाम । चियाबगान मासेर बहुतले बसपार्क निर्माण गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा आए पछि इलाम नगरपालिकाले बगानको जमिन अतिक्रमण नगरेको स्पष्ट पारेको छ ।

ऐतिहासिक चिया बगान मासेर बगानको जमिन अतिक्रमण गरेर वसपार्कमा बहुतले भवन निर्माण गर्ने नगरपालिकाको कुनै योजना नरहेको प्रशासकिय अधिकृत तथा सूचना अधिकारी रामकुमार शाहले बताएका छन् ।

नगरपालिकाको तर्फबाट उनले विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा आए जस्तो नभएको जनाएका छन् । वर्तमान आवश्यकतालाई ध्यानमा राखेर पूर्वाधार निर्माणको कार्य भईरहेकाले भ्रामक समाचारको पछि नलाग्न नगरवासीमा अनुरोध गरिएको छ ।

नगरपालिकाको विज्ञप्ति अनुसार आफ्नो जग्गाको सिमाना मिलाउने कार्य गरिरहेको अवस्थामा बहुतले भवन निर्माणका लागि घडेरी सम्याउँदा साँध, सिमानाका जग्गा र चियाबारी तर्फ क्षति न्यून गरिएको र भविष्यमा समेत चिया वगानको संरक्षणमा नगरपालिका प्रतिबद्घ रहेको बताएको छ ।

प्रदेश १ सरकारबाट स्विकृत भएको मूख्यमन्त्री बहुतले मोटर पार्किङ तथा सिनेमा हल निर्माणको लागि ९ हजार वर्गफिट मात्र जग्गा आवश्यक रहेको जनाएको छ । २६ हजार एकसय ८४ दशमलव १३ वर्गफिट जग्गा मध्ये आवश्यक जग्गा सम्याउँदा चियावारीको सिमाना तर्फ अझै पनि नगरपालिकाको जग्गा केहि बाँकि रहेपनि चिया बगानको संरक्षणका लागि खुला छोडिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चिया बगानमा सकेसम्म क्षति न्यूनिकरणका लागि नगरपालिका बाटै पर्खाल लगाएको छ । विसं सं. २०३९ सालमा तत्कालिन पञ्च श्री वेनुपराज प्रसाईको कार्यकालमै साविक इनपा २ख कित्ता नं. ११७, ४५९, ४६६ क्षेत्रफल ४।१२।२।० भएको २६ हजार एकसय ८४ दशमलव १३ वर्ग फिट भएको जग्गा खरिद गरि वसपार्कको प्रयोजनमा ल्याईएको छ ।’

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved