धरान । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता धरान ८ स्थित बिजयपुर ट्रेडर्सले शनिबार रे जेठ आर १२५ एफआई स्कुटरको मायलेज च्यालेञ्ज कार्यक्रम सम्पन्न गरेको छ ।
ट्रेर्डसले शोरुम बाट शुरु गरेको च्यालेञ्ज कार्यक्रम लक्ष्मी चोक, पुरानो बजार, भानुचौक हुदै तरहरा पुगी पुनः शोरुममा आएर सम्पन्न भएको थियो ।
ट्रेर्डसका सञ्चालक प्रभाव खतिवडाका अनुसार सडकमा बढ्दो दुर्घटनालाई न्युनिकरण गर्न सवारी चलाउने तरिका र कम्पनी अनुसारको सुविधाको बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
च्यालेञ्जमा सहभागीहरुलाई ७८ किमी प्रति घण्टाको दरले उत्कृष्ट भएकाहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
२ लाख ४४ हजार ९ सय र २ लाख ५४ हजार ९ सय मुल्य भएको स्कुटर ग्राहकको रोजाईमा पर्न सफल भएको ट्रेडर्सका सञ्चालक खतिवडाले बताए । करिब दुई महिना अघि धरान बाट बिक्री गर्न थालिएको स्कुटर ७० भन्दा बढी संख्यामा बिक्री भइसकेको उनले बताए ।