भन्सार छलि गरी ल्याएको रु. ३३ लाख मूल्य बराबरको कपडा बरामद

  • मंसिर २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरका बजारमा भन्सार छली र चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा कपडा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले छापा मारी रु. ३३ लाखभन्दा बढी मूल्यको भन्सार छली र चोरीपैठारी गरी अवैध रूपमा भण्डारण गरेको अवस्थामा विहीबार कपडा बरामद गरेको हो ।

विराटनगर महानगरपालिका वडा नं. ७ जलजला चोक नजिक तरुण कुमार साह (रौनियार) को गोदाम पसलमा प्रहरीले दिउँसो छापा मारेको थियो ।

त्यस क्रममा भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा भण्डारण गरेको सर्ट(३२८३ पिस, जम्फ २३ पिस र पाईन्ट ३५ पिस अन्दाजी मुल्य रू. ३३ लाख ४१ हजार ९ सय बराबरको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बरामद भएको कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइने कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले बताएका छन ।

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved