नौ महीनापछि खुल्यो बिद्यालय, त्रासमा अभिभावक

  • मंसिर २३, २०७७
  • "तेजबहादुर बन "
alt फाइल तस्वीर गूगल

इटहरी । लामो समयको कोरोना कहरले बन्द रहेका विद्यालय खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिए पनि सुनसरीमा नौ महिना देखि बन्द रहेको निजि तथा सामुदायिक बिद्यालयहरू आइतबारबाट सुचारू भएका छन ।

सम्बन्धित स्थानीयतहहरूले सुरक्षा मापदण्ड अपनाउँदै २ सिफ्टमा बिद्यालय सञ्चालन गर्न अनुमति दिएसंगै सुनसरीमा बिद्यालयहरू सुचारू भएका हुन ।

कोरोना भाइरस संक्रमणको कारण बिगत ९ महिना देखि बन्द रहेको बिद्यालयहरू सुचारू भएपनि बिद्यार्थीहरूको संख्या अति नै न्युन रहेको छ । सुनसरीको इटहरी स्थित पिस जोन बोडिङ, नोबेल एकेडेमि, जनता उच्च मावी, जनसहयोग उच्च मावी, जब्दी मावि लगायतका निजि एवम सामुदायिक बिद्यालयहरूमा बिद्यार्थीहरूको संख्या न्युन देखिएको छ ।

संक्रमणको जोखिम अझै रहेकाले अभिभावकहरू त्रासमै छन् । त्रसित अवश्थाका कारण बिद्यार्थीको संख्यामा कमि आएको इटहरी स्थित नोबेल एकेडेमिका प्रबन्धक राजेन्द्र श्रेष्ठ बताउँछन् ।

कोरोना महामारी बिच बिद्यालयहरूले २ सिफ्ट बनाएर बनाएर बिद्यालय सञ्चालन गर्दै आएका छन । निजि बिद्यालयहरूले बालबालिकाहरूलाइ बिहानको २ घण्टामात्र अध्ययन हुने गरेका छ भने कक्षा ७ देखि माथिको बिद्यार्थीहरूका लागि दिउँसो १२ बजे देखि ३ बजे अध्ययन हुने गरेको छ ।

त्यस्तै सामुदायिक बिद्यालयहरूले पनि यही नियमलाइ आत्मसाथ गर्दै एउटा बेन्चमा २ जना बिद्यार्थी राखेर अध्यापन गराउदै आएका छन । बिद्यालय सुचारूको बेला प्रत्येकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने र सामाजिक दुरीको समेत पालना गराइ बिद्यालय सुचारू गरिएको श्रेष्ठले बताए ।

यता बिद्यालय सुचारू भएको जानकारी पाएपनि अभिभावकहरू भने अन्यौल मै परेका छन् । महामारी बिच नानिहरूलाइ बिद्यालय पठाउने या नपठाउने भन्ने अन्यौलता छाएको अभिभावकहरूले बताउदै आएका छन ।

स्वास्थ्य सुरक्षाको मापदण्ड बनाएर मात्रै बिद्यालय सञ्चालन गर्न शिक्षा समितिलाइ आग्रह गरेसंगै सुनसरीको १२ वटै स्थानीय तहहरूमा बिद्यालय सञ्चालन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले बताए । उनले सुरक्षाको मापदण्ड अनुसार बिद्यालय सञ्चालन भए या नभएको अनुगमन गर्न स्थानीय तहहरूलाइ नै अनुरोध पनि गरिसकेको बताए ।

बिद्यालय सुचारूकै अवस्थामा कुनै बिद्यार्थीलाइ ज्वरो आए या त्यस्तो कुनै लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मी पठाएर चेकजाँच गरिने, बिद्यालयहरू बन्द गर्न सकिने, र कोरोनाको संक्रमण पुष्टि भएमा उपचार संगसंगै बिद्यालय क्षेत्रलाइ केहि समय तोकेर शिल गर्न सकिने प्रमुख जिल्ला अधिकारी पोख्रेलको भनाइ छ ।

 

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved